११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

युवालाई उम्मेदवार बनाएर देखाउन अन्य राजनीतिक दललाई ओलीको चुनौती (भिडियो)

युवालाई उम्मेदवार बनाएर देखाउन अन्य राजनीतिक दललाई ओलीको चुनौती (भिडियो)
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले कहिले जातका नाममा, कहिले भुगोलका नाममा नेपालीलाई भिडाउन खोजिएको बताउनु भयो । उहाँले अहिलेको नेपाली समाजलाई स्वस्थ प्रतिष्पर्धातिर जानुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले उहाँले जातको पहिचान खोज्ने नभइ सबै नेपालीले नोपली पहिचान खोज्न आवश्यक रहेको बताउनु भयो । उहाँले जातको पहिचानको नाममा एकले अर्कोलाई घृणा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले नेपालीलाई अनेक प्रकारका जातियताका नाममा विभाजन गर्न खोजिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले गठबन्धनमा भएका सरकारले दुश्मनीतिर राजनीति लैजान खाजेका छन् । हाम्रो समाज स्वस्थ प्रतिष्पर्धातिर जाने की दुश्मनीतिर ? कहिले जातका नाममा, कहिले भुगोलका नाममा नेपालीलाई भिडाउन खोजिन्छ, सेन्टिमेण्टमा ल्याउन खोजिन्छ । हाम्रो पहिचान भनेर । नेपाली पहिचान । हामीले खोज्नुपर्ने नेपाली पहिचान हो । जातका पहिचान यो भन्यो, अनि एकले अर्कोलाई घृणा ग¥यो । यसरी नेपालीलाई फुटाउन, विभाजन गर्न खोजिएको छ । त्यसो गर्नु राम्रो होइन, हाम्रो देश विविधतायुक्त देश छ ।’

आफूसँग स्वास्थ्योपचारका लागि समेत पैसा नभएको बताउनु भयो । उहाँले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पती मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताउनु भयो । घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था नरहेको बताउनु भयो । उहाँले यो सबै आफ्नो कर्म देशका लागि समर्पित रहेकोले देशकै लागि सम्पती दान गरेको बताउनु भयो । अध्यक्ष ओलीले आफ्नो समर्पण सक्रिया किसिमको रहेको बताउनु भयो । उहाँले देशको विकासका लागि काम गर्दा बिरोधीहरुले काम गर्न नदिएको भन्दै देश विकास र समृद्ध बनाउने अभियानमा अघि बढीरहने प्रतिवद्धता जनाउनु भयो । उहाँले कुनैपनि युवाभन्दा आफू सक्रियतामा कम नरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्नेमात्र होइन, मैले आफ्नो प्राइभेट प्रपर्टी, मेरो, मेरो श्रीमतीको सम्पूर्ण सम्पती आफ्नो होइन अब राज्यको सम्पती भनेर पास गरिसकेको छु । किनभने म देशका लागि समर्पित छु । त्यसकारण मेरो घर म बाचुन्जेल, मेरो श्रीमती बाचुन्जेल, म बस्न पाउँछु, त्यसपछि राज्यको हुन्छ । बिरामी भएँ भने तपाईहरुले उपचार गराउनु भयो भने हो नत्र मसँग पैसा छैन । सांसद छु सांसदको हिसावले थोरै त आउँछ । नत्र मैले घर बेचेर उपचार गर्छु भन्न मिल्दैन, राज्यलाई दान दिइसकेँ । मेरो डेडिकेशन छ, तर इनएक्टिभ खालको होइन, एक्टिभ छ । जबसम्म म जीवित रहन्छु देशका लागि जनताका लागि रहन्छु । कुन्ती मोक्तानले गाएको म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर भने झैँ छु । गीत पनि गाउँदै गर्छु अघि पनि बढ्दै गर्छु । आफ्नो कुरामा आफ्नो अभियानमा म अघि बढीरहन्छु । म युवाहरु भन्दा कम सक्रिय छैन ।’

अध्यक्ष ओलीले राजनीतिक दलले युवालाई महत्व नदिएको भन्ने कुरा सत्य नरहेको जिकिर गर्नुभयो । उहाँले नेकपा एमालेले काठमाडौं महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको उल्लेख गर्दै अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन चुनौती दिनुभयो । अध्यक्ष ओलीले आफ्ना नयाँ युक्तिहरुलाई अघि सारेर ज्येष्ठ नागरिकका कुरा सुनेर अघि बढ्नुपर्ने बताउनु भयो । देशमा हिंसा सिर्जना भएका कारण युवाहरु परिवार पाल्न विदेश जानुपरेको बताउनु भयो । उहाँले यो क्रम माओवादी जनयुद्ध शुरु भएपछि युवाहरु विदेश पलायन भइरहेको बताउनु भयो । उहाँले विदेश पलायन हुने युवाको अवस्था भयावह रहेको बताउनु भयो ।