• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

निहारिकाको माग अनुसार डीएनए टेस्टमा सरकार किन डरायो ?- निरुदेवी पाल



काठमाडौं । आजको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेकी सांसद निरुदेवी पालले निहारिका राजपूतको बच्चाको डीएनए टेस्टमा सरकार किन डराइरहेको छ ? भनी प्रश्न गरेकी छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पालले निहारिकाले अभियुक्त शिवराज श्रेष्ठसँगको डीएनए टेस्टको माग गरिरहदा सरकार तयार नहुनुमा पनि खोट रहेको आशंका गरेकी छन् ।

सामाजिक सञ्जालमा आएका प्रमाणहरू को दोषी भन्ने प्रमाणित भइसक्दा पनि उनको मागअनुसार डीएनए परीक्षण नहुनु दु:खद रहेको उनले बताइन् ।‘नारीको अस्मितालाई खेलौनाका रूपमा हेरिरहेको यो समाजमा हिम्मत गरेर अगाडि बढिरहेकी छन् निहारिका राजपूत,’ उनले भनिन्, ‘आफूमाथि भएको बलात्कार र बलात्कारबाट जन्मिएको सन्तानको न्यायका लागि पटकपटक अनशनसँगै र आत्महत्याको प्रयाससमेत भएको छ । सामाजिक सञ्जालमा आएका प्रमाणहरूले जनताले समेत अन्याय भएको थाहा पाइरहँदा अदालतले समेत न्याय नदिने यो कस्तो विडम्बना ?’

सांसद पालले परमादेशबाट आएको सरकारले जनताको आवाज नसुन्ने भन्दै सरकारको कटाक्ष गरेकि छिन् ।