६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रिमियर लिगः युनाइटेडको लज्जास्पद हार, आर्सनल र सिटीको सानदार जित

प्रिमियर लिगः युनाइटेडको लज्जास्पद हार, आर्सनल र सिटीको सानदार जित
अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको सुरुवाती दुवै खेलमा पराजय बेहोरेपछि म्यानचेस्टर युनाइटेड अंक तालिकाको पुछारमा पुगेको छ ।

शनिबार राति सम्पन्न खेलमा युनाइटेडले ब्रेन्टफोर्डको मैदानमा ४–० को हार बेहोरेको हो ।

खेलको १० औं मिनेटमा जोस डा सिल्भाले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाए । यस्तै, १८ औं मिनेटमा माथिअस जेन्सेनले गोल गर्दै ब्रेन्टफोर्डको अग्रता दोब्बर पारे ।

३० औं मिनेटमा बेन मीले गोल गर्दै ब्रेन्टफोर्डलाई ३–० को स्थितीमा पुर्याए । त्यसको ५ मिनेट नबित्दै अर्थात् ३५ औं मिनेटमा काउन्टर अट्याकमा ब्रेन्टफोर्डले पहिलो हाफमै ४–० को अग्रता बनायो । ब्रायन एम्ब्युमोले वन भर्सेस वनको स्थितिमा गोल गरे । दोस्रो हाफमा थप गोल हुन सकेन ।

युनाइटेड दुवै खेलमा हार बेहोरेपछि कुनै अंक नजोडी पुछारमा छ । यता ब्रेन्टफोर्ड भने ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।

आर्सनलको लगातार दोस्रो जित
ब्राजिली फरवार्ड गाब्रियल जेससको उत्कृष्ट प्रदर्शनमा लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

शनिबार आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ४–२ ले पराजित गर्दै सिजनमा उत्कृष्ट सुरुवात गरेको हो ।

आर्सनललाई जित दिलाउन जेससले दुई तथा ग्रानिट जाका र गाव्रियल मार्टिनेलीले एक–एक गोल गरे । लेस्टरका जेम्स म्याडिसनले एक गोल गर्दा अर्को एक गोल उपहारस्वरुप पाएको थियो ।

खेलको २३औं मिनेटमा जेससको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । उनले जाकाको पासमा चिप गोल गरे । ३५औं मिनेटमा जेससले हेडमार्फत व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे ।

५३औं मिनेटमा विलियन सालिवाले आत्मघाती गोल गरेपछि लेस्टरले एक गोलको ‘एड्भान्टेज’ पायो । तर त्यसको दुई मिनेटपछि अर्थात् ५५ औं मिनेटमा जेससको पासमा जाकाले गोल गर्दै आर्सनललाई ३–१ को स्थितीमा लगे ।

७४औं मिनेटमा जेम्स म्याडिसनले केलिची इहानाचोको पासमा गोल गर्दै खेललाई ३–२ को प्रतिस्पर्धात्मक स्थितिमा ल्याए । तर, ७५औं मिनेटमा जेससकै पासमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई ४–२ को सानदार जित दिलाए ।

यो जितसँगै आर्सनल दुई खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित लेस्टर दुई खेलबाट १ अंकसहित १४ औं स्थानमा छ ।

सिटीको सहज जित
यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

साविक विजेता सिटीले लिगको दोस्रो खेलमा घरेलु मैदान इतिहाद स्टेडियममा बर्नमाउथलाई ४–० गोलले पराजित गरेको हो । सिटीका लागि इल्काए गुन्डोवान, केभिन डी ब्रुएना र फिल फोडेनले १–१ गोल गरे । एक गोल भने सिटीले उपहारस्वरुप पाएको थियो ।

खेलको १९ औं मिनेटमा गुन्डोवानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा डी ब्रुएनाले अग्रता दोब्बर पारे ।

३५ औं मिनेटमा डी ब्रुएनाको पासमा फोडेनले चलाखीपूर्ण फिनिस गर्दै सिटीलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए । दोस्रो हाफको ७९ औं मिनेट जोआओ क्यान्सेलोको क्रस बर्नमाउथका जेफर्सन लर्मालाई लागेर गोलमा परिणत भएपछि सिटी ४–० ले विजयी बन्यो ।

यस जितसँगै २ खेलमा ६ अंकसहित सिटी अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै समान खेलबाट ३ अंक जोडेको बर्नमाउथ तालिकाको १० औं स्थानमा छ ।