२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगे



अ+ अ-

काठमाडौ । सनिबार फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगेका छन् । काठमाडौ महानगरपालीका प्रमुख बालेन साहका अनुसरा कुनै अवरोध नभएमा आईतबार बाट दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने छन् ।

मेयर साहका अनुसार काठमाण्डौँको ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरुबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिकरुपमा १५० गाडी फोहोरको व्यवस्थापन गर्नुपर्ने अबस्था छ ।

फोहोरका गाडी बञ्चरे डाँडा पुगेपछि मेयर साहले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

आज फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगेका छन् । कुनै अवरोध नभएमा भोलिबाट दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने छन् । तर काठमाण्डौँको ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरुबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिकरुपमा १५० गाडी फोहोरको व्यवस्थापन हुनु पर्छ । यसैले नियमित अवस्थामा पुग्न केहि समय लाग्नेछ ।

यसमा सबैको सहकार्यको आवश्यकता छ । यसका लागि अवरोध नगर्ने स्थानीय, फोहोर संकलन तथा लैजान सफाइ कर्मचारी तथा चालकहरु तथा अवरोध खुलाउँन क्रियाशील सुरक्षाकर्मी तथा सम्बद्ध सबैलाई धेरै धन्यवाद छ ।

सँगसँगै हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरावश्था बञ्चरेमा दोहोर्याउने छैनौँ । थुप्रिएका फोहोरहरुको व्यवस्थापन नभइ अन्य विकल्पहरुमा जानु व्यवहारिकरुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौँ ।

फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजनाहरु छन् र हदैसम्म प्रयास गरिनेछ । हाम्रो अन्तिम लक्ष्य फोहोरको त्यस्तो व्यवस्थापन हो, जहाँ कसैले फोहोरले आक्रन्त हुनु पर्दैन, कसैले गुमाउनु पर्दैन र सबैको साझा जित हुनेछ ।