• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

थप २६३ जनामा कोरोना संक्रमण, ५०१ निको



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार तीन हजार १६५ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ३९९ पीसीआर परीक्षणमा १६२ र एक हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५०१ रहेको छ भने यसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको निधन भएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ४३४ पुगेको छ ।