• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले

मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्



एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फवार्डद्धय अर्जेन्टिनी स्टार लियोनेल मेसी र ब्राजिलीयन स्टार नेयमारले यस वर्षको बालोन डि’ओरको मनोनयनमा स्थान बनाउन असफल भएका छन् ।

सर्वाधिक(सातपटक) बालोन डि’ओर विजेता मेसी सन् २००६ पछि पहिलोपटक मनोनयनमै पर्न असफल भएका हुन् । फ्रान्स फुटबल म्यागजिनले पेरिसमा अक्टोबर १७, २०२२ मा प्रदान गरिने बालोन डी’ओर अवार्डका लागि ३० जनाको नाम सार्वजनिक गर्दा पिएसजीका स्टारद्वय मनोनयनमा परेका छैनन् ।
रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कप्तान करिम बेन्जेमासहित रियलबाट ६ खेलाडी मनोनयनमा परेका छन् । यस्तै, इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलबाट पनि समान ६ खेलाडी मनोनयनमा अटाएका छन् ।

मनोनयनमा परेका खेलाडी
करिम बेन्जेमा (रियल म्याड्रिड), थिवाउट कोर्टुवा (रियल म्याड्रिड), भिनिसियस जुनियर (रियल म्याड्रिड), क्यासमिरो (रियल म्याड्रिड), लुका मोड्रिच (रियल म्याड्रिड), एन्टेनियो रुडिगर (रियल म्याड्रिड), मोहम्मद सलाह (लिभरपुल), ट्रेन्ट एलेक्सान्डार आर्नोल्ड (लिभरपुल), लुयस डियाज (लिभरपुल), फाविन्हो (लिभरपुल)। डार्विन नुनेज (लिभरपुल), भर्जिल भान डाइक (लिभरपुल), रियाद महारेज (म्यानचेस्टर सिटी), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), फिल फोडेन (म्यानचेस्टर सिटी), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी)। क्यान्सेलो (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी), रोबर्ट लेवान्डोस्की (बार्सिलोना), ह्युङ मिन सन (टोटेनहम), ह्यारी केन (टोटेनहम), जोसुवा किमिच (बायर्न म्युनिख), साडियो माने (बायर्न म्युनिख), राफयल लियो (एसी मिलान), मेक मेइगनान (एसी मिलान), क्रिस्टोफोर एनकुुकु (लाइप्जिग), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पिएसजी), हालेर (डर्टमण्ड) र डुसान भ्लाहोभिक (युभेन्ट्स)