१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्

मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्
अ अ+ अ-

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फवार्डद्धय अर्जेन्टिनी स्टार लियोनेल मेसी र ब्राजिलीयन स्टार नेयमारले यस वर्षको बालोन डि’ओरको मनोनयनमा स्थान बनाउन असफल भएका छन् ।

सर्वाधिक(सातपटक) बालोन डि’ओर विजेता मेसी सन् २००६ पछि पहिलोपटक मनोनयनमै पर्न असफल भएका हुन् । फ्रान्स फुटबल म्यागजिनले पेरिसमा अक्टोबर १७, २०२२ मा प्रदान गरिने बालोन डी’ओर अवार्डका लागि ३० जनाको नाम सार्वजनिक गर्दा पिएसजीका स्टारद्वय मनोनयनमा परेका छैनन् ।
रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कप्तान करिम बेन्जेमासहित रियलबाट ६ खेलाडी मनोनयनमा परेका छन् । यस्तै, इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलबाट पनि समान ६ खेलाडी मनोनयनमा अटाएका छन् ।

मनोनयनमा परेका खेलाडी
करिम बेन्जेमा (रियल म्याड्रिड), थिवाउट कोर्टुवा (रियल म्याड्रिड), भिनिसियस जुनियर (रियल म्याड्रिड), क्यासमिरो (रियल म्याड्रिड), लुका मोड्रिच (रियल म्याड्रिड), एन्टेनियो रुडिगर (रियल म्याड्रिड), मोहम्मद सलाह (लिभरपुल), ट्रेन्ट एलेक्सान्डार आर्नोल्ड (लिभरपुल), लुयस डियाज (लिभरपुल), फाविन्हो (लिभरपुल)। डार्विन नुनेज (लिभरपुल), भर्जिल भान डाइक (लिभरपुल), रियाद महारेज (म्यानचेस्टर सिटी), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), फिल फोडेन (म्यानचेस्टर सिटी), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी)। क्यान्सेलो (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी), रोबर्ट लेवान्डोस्की (बार्सिलोना), ह्युङ मिन सन (टोटेनहम), ह्यारी केन (टोटेनहम), जोसुवा किमिच (बायर्न म्युनिख), साडियो माने (बायर्न म्युनिख), राफयल लियो (एसी मिलान), मेक मेइगनान (एसी मिलान), क्रिस्टोफोर एनकुुकु (लाइप्जिग), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पिएसजी), हालेर (डर्टमण्ड) र डुसान भ्लाहोभिक (युभेन्ट्स)