३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.96

Wind: 1.54

Humidity: 77

Latest
पूर्वराजालाई संसदीय समितिमा बोलाउन संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा मिल्दैन : वरिष्ठ अधिवक्ता भट्टराई एनएसएल फुटबल: बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा राप्ती नदीमा डुबेर युवतीको मृत्यु एकीकृत समाजवादीद्वारा स्थानीय समस्या समाधानमा केन्द्रित हुन निर्देशन समाजवाद निर्माणका लागि सबै एकजुट हुन आवश्यक छ पोखरामा इन्जिनियर व्यवसायी दर्ताको परीक्षा सञ्चालन मकालुमा लेक लागेर चिकित्सकको मृत्यु ‘जातीय भेदभाव तथा छुवाछूत रोक्न सबैले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ’ फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० किशोरीलाई साथी सहजकर्ता बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा गाईजात्राको रौनक -फोटो फिचर



फाईल फोटो
अ+ अ-

भक्तपुर । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज (शुक्रबार) विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाईएको छ । विगत दुई वर्षकोभन्दा यसपटक राजधानी सहरमा गाईजात्रा रौनक बढेको देखिन्छ ।

विगत दुई वर्ष कोरोना महामारीको त्रासका कारण गाईजात्रा भव्य हुन सकेको थिएन । विसं २०७७ र २०७८ मा गाईजात्राको विधिमात्र पूरा गरिएको थियो । गाईजात्रा पर्वको दिन शुक्रबार भक्तपुर दरबार क्षेत्रमा स्थानीयले ताहमचा सहित नगरपरिक्रमा गरेका छन् ।

वर्षभरीमा दिवंगत भएका आफन्तको सम्झनामा ताहमचा बनाएर तस्वीर टाँसेर  नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । शुक्रबार भक्तपुर दरबार क्षेत्रमा स्थानीयले ताहमचा सहित घिन्ताङ घिसी नाच्दै नगरपरिक्रमा गरेका छन् ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आआफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु” भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

तस्वीर: रत्न श्रेष्ठ/रासस