२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारमा डेढ दशक बिताएका चौधरीको पशुपक्षी फार्म



अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म सञ्चालनबाट मनग्ये आम्दानी लिँदै आउनुभएको छ । कतारमा झण्डै डेढ दशक बिताएर फर्किनुभएका उहाँले घरमै रु १३ लाख लगानी गरी रिदम पशुपक्षी फार्म सञ्चालन गर्नुभएको हो ।

चौधरीको फार्ममा चिनिया, निसान, डिउरो, हेमसार, योगसार र धराने कालोबङ्गुर जातका १० वटा बङ्गुर, चार हजार ब्रोइलर कुखुरा, एक सय स्थानीय जातका कुखुरा र २५ वटा बाख्रा छन् । गत वैशाखमा मात्रै उहाँले ३५ वटा बङ्गुरका पाठा बिक्री गरी रु एक लाख पाँच हजार आम्दानी गर्नुभयो । अझै फार्ममा २२ बङ्गुरका पाठा बेच्नका लागि तयारी अवस्थामा छन् । गत महिना मात्रै चौधरीले रु तीन हजारको कुखुरा बिक्री गर्नुभयो । फार्ममा पालिएका ब्रोइलर कुखुरा चार पटक बिक्री गरिसक्नु भएका उहाँलाई सुरुको दुई पटक खासै नाफा नभए पनि पछिल्ला दुई पटक भने सोचेभन्दा राम्रै नाफा भएकोे छ । वर्षमा चौधरीले फार्मबाट रु पाँच लाख आम्दानी गर्दै आउनुभएको र यसबाट परिवारको खर्च सहज रुपमा चलेको छ ।

“फार्ममा रहेका बङ्गुर, बाख्रा, ब्रोइलर कुखुरा र स्थानीय जातका कुखुरा बेच्नका लागि बजारको निकै अभाव छ” उहाँले भन्नुभयो, “ग्राहक खोज्दै बजार चहार्दै हिँडनु परेको छ । निकै प्रतिस्पर्धा हँुदा सस्तोमै फार्ममा पालिएका पशुपक्षी बेच्नुपर्ने बाध्यता छ ।” फार्ममा रहेका पशुपक्षी बिक्रीका लागि बजार सहज भए व्यवसायलाई विस्तार गर्न सकिने चौधरीले बताउनुभयो ।

फार्ममा बढी लगानी गरे डुब्ने डर छ । बजारको अवस्था हेरेर पशुपक्षी पालिएको उहाँले उल्लेख गर्नुभयो । विसं २०७७ मा वैदेशिक रोजगारीबाट घर फर्केपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने मनसाय लिएर फार्म सञ्चालन गरेको चौधरीको भनाइ थियो ।“विदेशी भूमिमा पसिना चुहाएर १८ घण्टाभन्दा बढी चर्को घाममा काम गर्नुपर्दथ्यो” उहाँले भन्नुभयो, “त्यही दुःख सम्झदै स्वदेशमै काम गर्ने निधो गरी फर्केको हँु ।” फार्म सञ्चालन गरेपछि परिवारको खर्च चलेको र फार्ममा विहानीको झिसमिसेसँगै झमक्क साँझ नपरुञ्जेलसम्म काम गर्ने गरेको चौधरीले बताउनुभयो ।

फार्ममा उहाँसंगै उहाँकी श्रीमती र घरका अन्य सदस्यलेसमेत साथ दिँदै आएका छन् । कोरोना सङ्क्रमण फैलिएपछि दुई बजार नपाउँदा फार्ममा पालिएका पशुपक्षी घाटा खाएर बेच्नु परेको दुःखेसो चौधरीको थियो ।“कोरोनाका कारण व्यवसाय नै थला प¥यो” उहाँले भन्नुभयो, “लगानी आधा डुब्यो । कोरोनाको सङ्क्रमण घटेसँगै हाल व्यवसायले गति लिन थालेको छ ।” अझै व्यवसायलाई विस्तार गर्ने चौधरीको सोच छ ।

त्यसका लागि लगानी जुटाउन विभिन्न बैंकमा पुगेपनि ऋण भने पाउन कठिन भएको छ ।“बैंकले आर्थिक मन्दिका कारण ऋण दिन बन्द गरेका छन्” उहाँले भन्नुभयो,“ऋण पाइए व्यवसायलाई विस्तार गरी नगरपालिकामै नमूना पशुपक्षी फार्म सञ्चालन गर्ने योजना छ ।” सरकारी अनुदानसमेत चौधरीले हालसम्म पाउन सक्नुभएको छैन ।