• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

नेपाली क्रिकेटमा मनोज प्रभाकरका चुनौति



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्ने निधो गरिसकेको छ । सँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसेकेको छ । पूर्व प्रशिक्षक पुबुदु दाशानायकेको प्रशिक्षणमा पछिल्लो पटक दुई वटा भ्रमण गरेको टोलीले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भयो । विभिन्न समस्या देखाउँदै पुबुदु बाहिरिएसँगै नयाँ प्रशिक्षकका लागि चुनौति भने धेरै छन् ।

पुबुदुले प्रशिक्षकबाट छोडेपछि भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षक बनायो । तर नेपाली क्रिकेटमा रहेका विभिन्न चुनौतिको सामना गर्न उनलाई त्यति सहज भने हुनेछैन । किनभने प्रभाकर पहिलोपटक नेपालमा क्रिकेट प्रशिक्षक बनेर आएका छन् । साथै उनले कुनैपनि राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको नेतृत्व सम्हाल्न लाग्दैछन् । के के हुन् त प्रशिक्षक मनोजका चुनौतिहरु, जुन नेपाली क्रिकेटमा सुधारका लागि निकै आवश्यक छन् । पछिल्लो पटक नेपालले स्कटल्याण्ड भ्रमण गर्दा नेपाली राष्ट्रिय टिमले अपेक्षा अनुसारको नतिजा निकाल्न सकेन ।

चार खेलमध्ये एक खेलमा मात्र सुखद् नतिजा निकालेको नेपालले बाँकी तीन खेल गुमाएपछि विभिन्न कारणहरु केलाउन थालिएको छ । मुख्यतः टोलीमा एकजुट समस्या, ब्याटिङ समस्या बाहिरि सतहमा देखिन थालेका छन् । यससँगै एक दिवसीय मान्यता गुम्ने डर पनि त्यत्तिकै छ । क्यानले प्रभाकरलाई मासिक १५ हजार डलरसहित अनुवन्ध गरेको नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिनुभयो । उहाँले प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले थप उचाई प्राप्त गर्ने विश्वास राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘पुबुदुलाई हामीले दुई वर्षको सम्झौता गरेर ल्याएका थियौं । पारिवारिक कारणले उहाँ जानुभयो । रिक्त भएको पदमा लामो कसरतपछि मनोज प्रभाकरलाई जिम्मा दिने निर्णय गरेका छौं । उहाँलाई हाराहारी १४/१५ हजार डलर (ट्याक्ससहित) दिने सहमति भएको छ । उहाँ अनुवन्ध भएसँगै नेपाली क्रिकेटले थप उचाई पाउने अपेक्षा राखेको छ । किनभने कुनै समय भारतका लागि प्रभावकर अब्बल खेलाडी थिए । पछिल्लो समय अफगानीस्तानलाई टेस्ट नेशन्स बनाउन उहाँको देन निकै महत्वपूर्ण थियो ।’

प्रशिक्षक मनोज प्रभाकर शनिवार (भोलि) साँझ नेपाल आउँदै हुनुहुन्छ । नेपाली टोली सम्हाल्न आउनलाग्नुभएका मनोजलाई नेपाली क्रिकेट सुधार गर्ने चुनौती धेरै छन् । मनोजलाई सिमित स्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्ने पहिलो चुनौति रहेको छ । प्रभाकर जहाँ क्रिकेटका लागि कुनैपनि कन्जुस्याँई नहुने अब्बल देश भारतका खेलाडी हुन् । जहाँ पूर्वाधारको कुनै कमी थिएन । तर उनलाई नेपालमा भएको सिमित साधानको अधिकतम प्रयोग गर्दै विश्व स्तरमा प्रतिष्पर्धा गर्न योग्य टोली बनाउने चुनौती हुनेछ । अहिले टोलीमा नयाँ युवा खेलाडीको वचश्र्व रहेको छ । टोलीमा अनुभवि खेलाडीहरु प्रायः शुन्य छन् । यही अवस्थामा क्यानका मिडिया म्यानेजर दुर्गाराज पाठकलले नयाँ प्रशिक्षकले युवा खेलाडीलाई समेट्दै अनुभव दिलाउने बताउनु भयो । उहाँले ब्याटिङ पक्षको सुधारलाई प्राथमिकितामा राख्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपाली टोली ब्यालेन्स टीम छ । युवा टोलीको वर्चश्व छ, जुन माथि चढ्ने क्रममा छ । नयाँ टोलीले जिम्मेवारी लिन चाहन्छ । सिनियर खेलाडीले बिस्तारै विश्राम लिने अवस्था पनि छ । अहिले टोलीमा ब्याटिङको समस्या देखिएको छ । क्रिकेटको स्तर अघि बढाउनका लागि प्रशिक्षकसँग हामीले योजना माग्छौं । उहाँले ल्याएको योजनलाई हामी सम्बोधन गछौं ।’

घरेलु एकदिवसीय प्रतियोगिता पछिल्लो दुई वर्षदेखि आयोजना हुन नसक्दा नेपालको लगानी कुन स्तरको छ भन्ने प्रष्ट देखाएको छ । नेपाल, ओमान, स्कटल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, अमेरिका र युएईलाई एसोसियटका शीर्ष टोलीका रुपमा लिइन्छ । तर, लगानी र संरचनाको हिसावमा नेपाल र ती देशको आकाश पातालको फरक छ । तत्कालका लागि नेपाली टोलीको बलिङ औसत भएपनि सबैभन्दा ठूलो कमजोरी ब्याटिङ देखिएको छ । नेपालले हार्ने प्रायः सबै खेलको प्रमुख कारण कमजोर ब्याटिङ नै हुने गर्छ ।

यसका अलावा नियुक्त हुन लागेका मनोज प्रभाकरलाई पूर्वप्रशिक्षकले दर्शाएको टोली भित्रको गुट/उपगुटको अन्त्य गर्नुपर्ने अर्को चुनौती हुनेछ । मुख्य खेलाडी र युवा खेलाडीबीच तालमेलको अभाव देखिन थालेको छ भने एक सदस्यले अर्को सदस्यलाई साथ नदिएको आरोप पनि खेलाडीमा नलाग्ने गरेको होइन । वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशीले पनि परम्परगत ब्याटिङलाई सुधार गर्नुपर्ने र ब्याटिङ केन्द्रित प्रशिक्षण निकै नै आवश्यक रहेको बताउनु भयो । टोलीमा एकताको अभाव भएको टिप्पणी सतहमा आइसकेको अवस्थामा टोलीलाई एक जुट बनाउने जिम्मेवारी पनि प्रशिक्षकको काँधमा रहेको पत्रकार निरञ्जन राजवंशीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै भन्दा पहिलो र महत्वपूर्ण चुनौती भनेको नेपाली क्रिकेट टोली ब्याटिङ पक्ष हो । नेपालको ब्याटिङमा परम्परागत कमजोरी छ । धेरै खेलमा नेपाली टोली ब्याटिङकै कारण पराजित हुन पुगेको छ । सोही कारण ब्याटिङ पहिलो चुनौती हो । सुधार लागि अन्य विकल्प खोज्नु परेपनि क्यान तयारी हुनुपर्छ । एक दिवसीय, दुई दिवसीय अथवा तीन दिवसीय खेलाउने पर्ने हो । ब्याटिङ केन्द्रीत हुनुपर्नेछ । अर्को चुनौती नेपाली क्रिकेट टोलीभित्र एकताको अभाव छ भनिएको छ । सबै खेलाडीलाई एकतावद्ध बनाउन क्यानले भुमिका खेल्नुपर्नेछ । साथै एक दिवसीय जोगाउनुपर्ने चुनौती पनि अर्को छ ।’

प्रभाकरका लागि अर्को चुनौती प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउनु पनि रहेको छ । थोरै समयमा धेरै काम गर्नुपर्ने अवस्था प्रभाकारको जिम्मा हुनेछ । विश्वकप क्रिकेट लिग–२ को शीर्ष ३ मा रहँदै एकदिवसीय विश्वकपको बाटो जीवितै राख्नु तथा २०२४ को टी–२० विश्वकपमा नेपालको स्थान बनाउनु पनि प्रभाकरका लागि अर्को प्रमुख चुनौती हुनेछ ।