५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यकः खेलकुदमन्त्री



अ+ अ-

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्को कार्यक्रममा बोल्दै मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको बताउनु भएको हो । उहाँले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनको लागि रगत बगाउनु पर्ने अवस्था नभएको बताउनु भयो । मन्त्री गहतराजले अब युवाहरुको जिम्मेवारी र दायित्व देशको विकास गरेर समृद्धिको बनाउनु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ युवाहरुले देशलाई सुखी र समृद्धि विकासको गतितिर दिशा दिने नयाँ अविभारा युवाहरुको काँधमा छ । युवाहरुले अब राजनीतिक परिर्वतनको आन्दोलनका लागि पसिना र रगत बगाउनुपर्ने ठाउँमा छैनौं । अब युवाहरुको जिम्मेवारी र दायित्व भनेको देशको विकास समृद्धिको बनाउने नयाँ युवा पुस्ताको अगाडि रहेको छ । असल नियतका साथ देशलाई विश्वसामु समृद्ध राष्ट्रको रुपमा अगाडि बढाउनु पर्ने दायित्व हाम्रो अगाडि छ । मुलुकलाई समृद्ध बनाउने अविभारा अहिलेका युवा पुस्ताले आत्मसाथ गरेर युवाले नेतृत्वलाई सराप्ने होइन । नेतृत्वले स्थापित प्रणालीलाई गर्वगर्दै स्वाभिमानका साथ बाँच्ने गरी राजनीतिक क्रान्तिको चरण पूरा भयो । अब युवाहरुले समृद्धको चरण पार गर भनेर अघिल्लो पुस्ताले युवाहरुको काँधमा सुम्पेको छ ।’

मन्त्री गहतराजले मुलुकलाई समृद्ध बनाउने अविभारा अहिलेका युवा पुस्ताले आत्मसाथ गरेर अघिल्लो नेतृत्वलाई गाली गर्नु नहुने बताउनु भयो । उहाँले अघिल्लो नेतृत्वले स्थापित गरेको प्रणालीलाई गर्वगर्दै युवाहरुले समृद्धको चरण पार गर्नुपर्ने बताउनु भयो ।