४ भाद्र २०८३, बिहीबार
,
Latest
यी दुई प्रदेशमा आज भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यकः खेलकुदमन्त्री



अ+ अ-

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्को कार्यक्रममा बोल्दै मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको बताउनु भएको हो । उहाँले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनको लागि रगत बगाउनु पर्ने अवस्था नभएको बताउनु भयो । मन्त्री गहतराजले अब युवाहरुको जिम्मेवारी र दायित्व देशको विकास गरेर समृद्धिको बनाउनु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ युवाहरुले देशलाई सुखी र समृद्धि विकासको गतितिर दिशा दिने नयाँ अविभारा युवाहरुको काँधमा छ । युवाहरुले अब राजनीतिक परिर्वतनको आन्दोलनका लागि पसिना र रगत बगाउनुपर्ने ठाउँमा छैनौं । अब युवाहरुको जिम्मेवारी र दायित्व भनेको देशको विकास समृद्धिको बनाउने नयाँ युवा पुस्ताको अगाडि रहेको छ । असल नियतका साथ देशलाई विश्वसामु समृद्ध राष्ट्रको रुपमा अगाडि बढाउनु पर्ने दायित्व हाम्रो अगाडि छ । मुलुकलाई समृद्ध बनाउने अविभारा अहिलेका युवा पुस्ताले आत्मसाथ गरेर युवाले नेतृत्वलाई सराप्ने होइन । नेतृत्वले स्थापित प्रणालीलाई गर्वगर्दै स्वाभिमानका साथ बाँच्ने गरी राजनीतिक क्रान्तिको चरण पूरा भयो । अब युवाहरुले समृद्धको चरण पार गर भनेर अघिल्लो पुस्ताले युवाहरुको काँधमा सुम्पेको छ ।’

मन्त्री गहतराजले मुलुकलाई समृद्ध बनाउने अविभारा अहिलेका युवा पुस्ताले आत्मसाथ गरेर अघिल्लो नेतृत्वलाई गाली गर्नु नहुने बताउनु भयो । उहाँले अघिल्लो नेतृत्वले स्थापित गरेको प्रणालीलाई गर्वगर्दै युवाहरुले समृद्धको चरण पार गर्नुपर्ने बताउनु भयो ।