५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज जनैपूर्णिमा, मन्दिरहरुमा भक्तजनको भीड (फोटोफिचर)



अ+ अ-

आज जनैपूर्णिमा । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ । आज बिहानैबाट यज्ञोपवित एवं रक्षाबन्धन गरेर जनैपूर्णिमा मनाइरहिएको छ ।

आज दिनभर नै रक्षाबन्धन र जनै लगाउने गरिन्छ । आज विहानैदेखि पाटनको कुम्भेश्वरसहित देशभरका मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, तनहुँको देवघाट धाम, रसुवाको गोसाईकुण्ड, लगायतका धार्मिक स्थलमा बिहानैदेखि स्नान गरी शुद्ध हुने र मन्दिरमा व्राह्मण, पुरोहीतहरुले मन्त्रिएका जनाइ र रक्षा बन्धन लगाउने प्रचलन छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं रक्षासूत्र बाध्ने गर्दछन् ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी कवचको रुपमा घेरेर राख्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिएका, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन वद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वां प्रतिबध्नामि रक्षमा चल मा चल’ भन्ने मन्त्रसहित रक्षासूत्र बाँध्ने वैदिक परम्परा रहेको छ ।

साथै राजा बली घमण्ड तोड्नका लागि भगवान विष्णुले वामनको रुप लिएको र भिक्षा माग्दा बलीले आफूसँगै बस्नुपर्ने वाचासहित आफ्नो शिरमा अन्तिम पाउ राख्न लगाएको पौराणिक कथा छ ।

लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाजु बनाएपनि आफ्नो श्रीमान विष्णुलाई आफूसँग ल्याउन पाएको र संयोगले त्यो दिन श्रावण महिनाको पूणिर्मा तिथि रहेको र त्यस समयदेखि नै रक्षा बन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दु ग्रन्थहरुमा उल्लेख छ ।