२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कल्याणपुर–गाईघाट सडक निर्माणका लागि वनको जग्गा प्रयोग गर्न दिइने



file
अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको कल्याणपुर–गाईघाट निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजना निर्माणकार्यका लागि सप्तरी र उदयपुर जिल्लाको वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गर्नुभएको छ ।

मन्त्री यादवले वन ऐन, २०७६ को दफा ४२ को उपदफा ९१० र वन नियमावली, २०७९ को नियम ९० बमोजिम प्रवद्र्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका शर्तहरू पालना गर्ने गरी कल्याणपुर–गाईघाट सडकखण्ड निर्माण गर्न सप्तरी र उदयपुर जिल्लाको राष्ट्रिय वनको १५।८३१ हेक्टर वन प्रयोग गर्न दिइने निर्णय गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसैगरी उक्त राष्ट्रिय वनमा रहेका करिब तीन हजार दुई सय १९ वटा रुख हटाउनका लागि स्वीकृत दिने निर्णय भएकोसमेत मन्त्रालयले जनाएको छ । वनको जग्गा प्रयोग गर्न नपाएका कारण उक्त सडक निर्माणमा समस्या भएको जानकारी पाएपछि मन्त्री यादवले वनको जग्गा प्रयोग गर्न दिने निर्णय गर्नुभएको हो ।
मन्त्रालयले सडक निर्माणका लागि वनको जग्गा प्रयोग गर्न दिने र रुख हटाउन दिने विषयमा स्वीकृति दिएपछि अब उक्त सडक निर्माणमा सहज हुने बताइएको छ ।