• १५ मंसिर २०८०, शुक्रबार
  •      Fri Dec 1 2023
  •   Unicode
Logo
Latest
★   किसानको गुनासो- कफीले प्रतिफल दिएन ★   एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ: मन्त्री बस्नेत (अन्तरवार्ता) ★   अर्थतन्त्रका चुनौति र समस्या स्वीकार गरी समाधान गर्न सरकार गम्भीर हुन आवश्यक: व्यवसायी ★   लिग टूको पहिलो सिरिज नेपालमा हुने, नेदरल्याण्ड्स र नामिबिया खेल्न आउँदै ★   कर्जाको ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छ: बैंकर्स संघका अध्यक्ष केसी ★   जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न कोप-२८ मस्यौदाको आह्वान ★   इजरायल र हमासबीचको युद्धविरामपछि फेरि युद्ध सुरु ★   गोरखामा अनलाइनमार्फत भुक्तानी गर्नेको सङ्ख्या बढ्दो ★   एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक ★   केपी ओली कप फाईनल: मधेशले आर्मीलाई दियो १ सय ३६ रनको मध्यम लक्ष्य

टिपर पल्टिँदा दुईको मृत्यु, दुई घाइते



रुकुम । रुकुम (पूर्व) को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– १४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे – ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बाँनियाले जानकारी दिनुभयो ।

उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरी निरीक्षक बाँनियाले बताउनुभयो  । यस्तै दुर्घटनामा  दुई घाइते छन् । घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इञ्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका– ५ का २३ वर्षका रामआशिष चौधरी रहेका छन् । 

निरीक्षक बाँनियाका अनुसार उनीहरु लामा कन्स्ट्रक्सनद्वारा निर्माण गरिराखेको धाउने–बालुवा–देउखोला सडकखण्डमा कार्यरत रहेका थिए । सोही कन्स्ट्रक्सनकै टिपरले ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भई पल्टिँदा उनीहरुलाई किचेको जनाइएको छ  । रासस