२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्ती हुन्छिन् सच्चा प्रेमिका ? यसरी चिन्न सकिन्छ



अ+ अ-

काठमाडौं । पछिल्लो समय प्रेम पनि एउटा फेशन जस्तै भइरसको छ । युवक र युवती दुवैले कुन बेलामा आफ्ना पार्टनर परिवर्तन गर्छन् थाहै हुँदैन ।

यहाँ हामी केही यस्ता टिप्स दिँदैछौं जसका कारण केटाहरूले सच्चा प्रेमिका चिन्न सक्छन् । सँगै जीवन बिताउनका लागि कुन केटी उपयुक्त हुन्छ भन्ने पनि उनीहरूले थाहा पाउँछन् ।

तपाईंलाई वास्ता गर्ने, मान्ने र तपाईंविना बस्न नसक्ने, तपाईंले खाना खानुभएको कि भएन भनी सोध्ने प्रेमिका सच्चा हुन् । तर धेरैजसो केटाहरू ‘कस्ती चिपकू केटी रहिछ’ भनेर छोडिदिन्छन् ।

जसको मन सफा हुन्छ र जसले आफ्नो कुरा प्रस्ट रूपमा राख्छन्, त्यस्ता केटीहरूले प्रायः प्रेमीसँग झगडा गर्छन् । केटाहरूले यस्ता केटीलाई छोडिदिन्छन् । तर यही लडाईं झगडा पछि गएर खुब याद आउँछ ।

कुरा चपाउने केटीहरू षड्यन्त्रकारी हुन्छन् र प्रस्ट बोल्ने केटीले तपाईंको जीवनमा ठूलो उपलब्धि दिलाउँछन् ।

प्रेमिकाले तपाईंसँग बिहे गर्छु भन्छिन् भने थाहा पाउनुस् उनी तपाईंसँग सच्चा प्रेम गर्छिन् र सारा जीवन तपाईंसँगै बिताउन चाहन्छिन् । तर प्रायः केटाहरू बिहेको कुरा सुन्नेबित्तिकै भाग्छन् र सम्बन्ध अन्त्य गरिदिन्छन् ।

बिहे गरेपछि केटीले केटाका आमाबुवासँगै बस्न तयार भइन् भने त्यस्ती केटीले परिवार राम्ररी सम्हाल्छन् । यस्ती केटीलाई कहिलेपनि नछोड्नुस् ।