२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन बैंक र अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड सेवा शुरु



अ+ अ-

काठमाडौं । हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा दुईवटा नयाँ एक्सप्रेस प्रिपेड कार्ड सेवा शुरु गरेको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा ग्राहकहरुका लागि अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड गरी दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याएको बताएको हो । सम्मेलनमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर राणाले अमेरिकन एक्सप्रेसँग हिमालयन बैंकको लामो समय देखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकहरुलाई लक्षित गरी दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याएको बताउनु भयो । उहाँले दुईवटा कार्डहरुले विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकहरुलाई सुविधा प्रदान गरी प्रत्येक कारोबारमा फाइदा प्रदान गर्ने बताउनु भयो ।

हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड विशेष गरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमानहरु खरिद गर्ने खरिदकर्ताहरुलाई सहज हुने भएको छ । त्यस्तै, हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्डको शुरुवातले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरुका लक्षित गरी जारी गरिने बैंकले जनाएको छ । बैंकले शुरुवात गरेको कार्ड प्रयोग कर्ताहरुले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुटहरु पाउने आफ्नो खर्चहरु व्यवस्थापन सहज बनाउनसक्ने भएका छन् । दुवै कार्डहरुले प्रयोग कर्ताहरुलाई समग्रमा यात्रा तथा विभिन्न सामानहरु खरिदमा उच्चतम लाभको अनुभुति गराउने छ । बैंको दुबै कार्डका प्रयोग कर्ताहरुले आकर्षक क्यासब्याक र भ्रमण र खरिदका लागि लाभ लिन सक्नेछन् ।