१० असार २०८३, बुधबार
,
Latest
गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला



अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ ।
 
कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण फैलने डरले विसं २०७६ र २०७७ मा मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूरा गरेर सावधानीसाथ मेला सञ्चालन गरिने उहाँले बताउनुभयो ।
 
महाशिवरात्रिको भोलिपल्ट अर्थात् फागुन १८ गतेदेखि एक हप्ता पशुपति क्षेत्रस्थित वनकालीमा मेला सञ्चालन गरिनेछ । मेलाका लागि सबैभन्दा बढी रकम कबोल गर्ने नेपाल मेला महोत्सव सञ्चालन सङ्घलाई रु १५ लाख १५ हजारमा मेला सञ्चालनको जिम्मेवारी दिइएको कोषले जनाएको छ ।

मेलामा बालबालिका एवं वयस्कका लागि पिङलगायतका खेलहरुका साथै विभिन्न सामग्रीको किनमेल पनि गर्न सकिने गरी कक्ष सञ्चालन गरिने जनाइएको छ ।