१२ श्रावण २०८३, मंगलवार
,
Latest
उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा कार्यसमिति बैठक बस्दै



फाइल फोटो
अ+ अ-

काठमाडौं । पटकपटक स्थगित हुँदै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक बिहीवार बस्दैछ ।
ललितपुर स्थित एन्फा मुख्यालयमा तय भएको बैठकमा यसअघि तय भएका एजेण्डासहित थप चार एजेण्डा समावेश भएका छन् । यसअघि बसेको कार्यसमितिको बैठक एजेण्डामा नै प्रवेश नगरी स्थगित भएको थियो ।

एन्फा कार्यसमितिको बैठक बिहीवार १० बजे एन्फा कम्प्लेक्समा बस्दैछ । बिहीवार बस्न लागेको बैठकमा पुरस्कार राशी सम्बन्धमा, महिला नकआउट प्रतियोगिता सम्बन्धमा, ग्रासरुट्स तथा महिला फुटबल एकेडेमी सञ्चालन सम्बन्धमा र फिफा डे मा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्बन्धमा एजेण्डा थपिएका हन् ।

यसअघि एन्फा कार्यसमिति बैठकका लागि १८ वटा एजेण्डा तय गरेको थियो । पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको थियो । त्यस अघिको पहिलो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो ।

एन्फाको निर्वाचन पछि भएको शपथ ग्रहण लगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनामा परेको नयाँ नेतृत्तवको तेस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । बैठकका लागि विभिन्न एजेण्डा तय भएपनि छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ ।