२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले बेपत्ता पारिएका व्यक्तिहरुलाई खोजि गर्छ : कानूनमन्त्री कार्की



अ+ अ-

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई खोजि गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई सरकारले खोजि तथा अनुसन्धान गर्न तयार रहेको बताउनुभएको हो । उहाँले पीडितहरुलाई न्याय दिने कामलाई सम्बन्धित सरकोरवालाहरुसँग छलफल गरी टुंगोमा पुर्याउने आश्वासन पनि दिनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईहरुले अभिव्यक्त गर्नुभएका विचारहरु र तपाईहरुका भावनाहरु र यो जुन समस्या छ, यो समस्यालाई चाँडो भन्दा चाँडो समाधान गरेर अगाडि बढ्ने अठोट गर्दछु, यसका लागि सबे सरकोरवालाहरु सँग छलफल गरी टुंगोमा पुर्याउन यो सरकार तयार छ, म कानूनमन्त्रीको हैसियतले यसमा योगदान गर्नका निमित्त तयार छु । सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता हुनुभएका व्यक्ति, व्यक्तिका परिवारजन तथा आफन्तहरुले न्याय प्राप्तिका लागि गर्नुभएको धैयर्ता प्रति आभार प्रकट गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन नेपाल सरकार प्रतिवद्ध रहेको विश्वस दिलाउँछु ।’

कार्यक्रममा कानून बनाएर नपुग्ने भन्दै महान्यायाधिवक्ता खम्बबहादुर खातीले कानूनको परिपालना गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले यो कुनै मुद्दा वा पार्टीको राजनीतिक विषय वस्तु नभएको बताउँदै शान्तिको लागि सम्झौता भएकोले बेपत्ता र बेपत्ता पारिएकाहरुको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो । यो पीडितको रोदनको कुरा भएकोले पीडितको माग सम्बोधन हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज परिवर्तनको लागि लडेका व्यक्तिहरुको, बेपत्ता पारिएका व्यक्तिहरुलाई न्याय दिनुपर्ने अवस्था छ, राज्यले कम्तिमा पनि बेपत्ता तथा बेपत्ता पारिएका परिवारप्रति एउटा अभिभावकत्व जिम्मेवारी लिनुपर्छ जस्तो मलाई लाग्छ ।’

महान्याधिवक्ता खातीले मानिसको जीवन नै सबैभन्दा मूल्यवान हुने भन्दै मानिस हराउने र हराउन बाध्य पार्ने कारण कसैबाट नहोस् भन्ने कुरा नै बेपत्ता पारिएको पीडितहरुको अन्तर्राष्ट्रिय दिवस २०७८ को मुल कुरा भएको बताउनुभयो ।