१२ श्रावण २०८३, मंगलवार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेनिस स्टार सेरेना विलियम्सद्वारा सन्न्यास घोषणा



अ+ अ-

एजन्सी । अमेरिकाकी टेनिस लिजेण्ड सेरेना विलियम्सले सन्न्यासको घोषणा गरेकी छन् । उनले २३ ग्राण्डस्लाम उपाधि जितेर टेनिसबाट आफूलाई टाढा राख्न तयार रहेको बताइन् । अन्य महत्वपूर्ण कुरामा पनि ध्यान दिनुपर्ने भन्दै उनले व्यावसायिक रुचिसँगै अर्को सन्तान जन्माउने कुरामा पनि आफ्नो ध्यान केन्द्रित हुने बताइन् ।

टेनिसकी महान् खेलाडीमध्येकी एक सेरेनाले भोग म्यागजिनमा आफ्नो लेखमा भनिन्, “म यसै महिना ४१ वर्षकी हुनेछु । अरु कुरामा समय दिनुपर्छ ।” सेरेनाले पनि आफूलाई सन्न्यास शब्द मन नपर्ने र आफ्नो जीवनको यस मोडमा टेनिसबाहेक अन्य कुराहरूमा ध्यान केन्द्रित गर्ने सोच रहेको बताइन् । उनले यी कुराहरु उनका लागि धेरै महत्त्वपूर्ण रहेकी बताएकी छन्।

उनले लेखेकी छन्, “मलाई सन्न्यास शब्द कहिल्यै मन पर्दैन । यो मेरो लागि नयाँ शब्द होइन। म यसबारेमा सोच्दै छु तर यसको प्रयोगको बारेमा थोरै संवेदनशील छु किनकि शब्दले धेरै मानिसहरूको लागि धेरै महत्त्व राख्छ।

युएस ओपनको तयारीका क्रममा सेरेना टोरन्टोमा हुने नेसनल बैंक ओपन टेनिस प्रतियोगिता खेल्दै छिन् । पाँच पटक नम्बर १ को वरियतामा वर्षको अन्त्य गरेकी सेरेनाले लामो समयदेखि उपाधि जित्न सकेकी छैनन् । उनले यस वर्ष विम्बल्डनमा पुनरागमन गरे पनि सुरुआती चरणमा नै बाहिरिएकी थिइन् ।




भर्खरै