६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने, सतर्क रहन आग्रह



अ+ अ-

काठमाडौं । स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने भएकाले सजक रहन र ज्वरो आए समयमै उपचार गर्न चिकित्सकले आग्रह गरेका छन् ।

स्क्रब टाइफस विश्वमा नै ज्वरो आउने पाँच प्रमुख कारणमध्ये एक पर्छ । स्क्रब टाइफस ज्वरो ल्याउने एक किसिमको किटाणु हो । ज्वरो आउने कारण थाहा नहुनेमध्ये यो पनि पर्छ । किटाणुले ज्वरो आएको भन्ने पत्ता लागेको सन् २०१५ मा हो । यो किटाणुको पहिलो रिपोर्टिङ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको थियो । 

चिकित्सकहरुका अनुसार यो किटाणुको आक्रणपछि साधारण ज्वरोसँगै दिमाग, मुटु, कलेजोलगायत अन्य अंगहरुमा असर पुर्‍याउँछ । यो किटाणुको आक्रमणबाट मर्ने दर भने नेपालको ठाउँपिच्छे फरक छ । सबै उमेर समूहलाई संक्रमण गर्ने स्क्रब टाइफस किटाणुले साउनदेखि असोजसम्म बढी आक्रमण गर्ने गरेको पाइएको छ । खास गरी जाडो महिनामा यो रोग देखिँदैन ।

गत वर्ष कान्ति बाल अस्पतालमा गरेको एक अनुसन्धानमा स्क्रब टाइफसको मृत्यु दर ५ प्रतिशत देखिएको थियो । स्क्रब टाइफस रगतको परीक्षणबाट पत्ता लाग्छ र प्रायः अस्पतालहरुमा यसको परीक्षण हुन्छ । कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा। रामहरि चापागाईंले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार स्क्रब टाइफसको किटाणु धेरैजसो एसिया र अस्ट्रेलिया महादेशमा पाइन्छ । स्क्रब टाइफस नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले उपचार निर्देशिका बनाइसकेको छ ।

स्क्रब टाइफसबाट धेरैजसो किसान परिवार प्रभावित हुने गर्छन् । खेती किसानीको काम गर्ने खुला ठाउँमा बस्नेलाई बढी सर्ने सम्भावना हुन्छ । चिकित्सकहरुका अनुसार स्क्रब टाइफस मुसा वर्गको जीवबाट सर्छ । यसको किटाणु किर्नाजस्तै हुन्छ । बच्ने प्रमुख उपाय भनेको खेतबारीमा काम गर्दा गमबुट लगाउने, बाहिर खुला ठाउँमा नसुत्ने, ज्वरो आइहाले तुरुन्त उपचार गर्ने नै हो ।

स्क्रब टाइफसको बारेमा नेपालको सन्दर्भमा काठमाडौं, धरान, धुलिखेललगायतका विभिन्न ठाउँमा अध्ययन अनुसन्धान भएको छ । यसका बारेमा अहिले धुलिखेल अस्पतालमा पनि थप अध्ययन अनुसन्धान गर्न खोजिँदै छ । धुलिखेल अस्पतालमा नेपालमा हुने र अन्य देशमा हुने स्क्रब टाइफस फरक हो कि एउटै हो भनेर अनुसन्धान गर्न खोजिएको धुलिखेल अस्पतालले जनाएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।