२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनमा धमाधम उम्मेदवारी घोषणा, ओलीलाई पोखरेलको चुनौती



अ+ अ-

काठमाडौं । आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशन घोषणा भएपछि नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट सभापतिमा हालका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोमबार मात्र यसअघि महामन्त्रीमा पराजित गगन थापाले पनि महामन्त्रीमै उम्मेदवारी घोषणा गरेका छन् ।

संस्थापन तर्फबाट सभापति शेरबहादुर देउवा नै उम्मेदवार बन्ने करिबकरिब निश्चित छ । संस्थापनइतरबाट पनि साझा उम्मेदवारको खोजी भइरहेको छ । यद्यपि, उपयुक्त पात्रबारे सहमति जुटिसकेको छैन । संस्थापन इतरबाट वरिष्ठ नेता, रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालालगायतले दाबी गरिरहेका छन् ।

उता, एमाले महाधिवेशनका लागि भने महासचिव ईश्वर पोखरेलले अध्यक्ष उठ्ने घोषणा गरेका छन् ।

ओलीलाई पोखरेलको चुनौती : आगामी मंसिरमा हुन गइरहेको नेकपा (एमाले)को महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशनमा हालका अध्यक्ष ओलीलाई कसैले पनि चुनौती नदिने विश्लेषण भइरहेका बेला महासचिव पोखरेल अघि बढेका हुन् । यद्यपि, उनी यो विषयमा कहिलेसम्म अडिग हुन्छन्, निश्चित छैन ।

वसुन्धरामा सोमबार पत्रकारसँग कुराकानी गर्दै महासचिव पोखरेलले उमेदवारी दिने घोषणा गरेका हुन् । ‘अबको नेतृत्वमा मैले कुनै पनि पदीय रूपमा जिम्मेवारी लिन सक्छु भन्ने कुरो मैले अहिलेसम्म गरेको कामले देखिएको छ । परिस्थिति आए र कार्यकर्ताले पनि साथ दिए म ‘डिजर्ब’ गर्न सक्छु,’ उनले भने ।

कार्यकर्ताको भावना र आवश्यकताका साथै परिस्थिति हेरेर आफू अघि बढ्ने उनको भनाइ छ । एमालेले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

नेपालको राजनीति अहिले दुईवटा पोलमा केन्द्रित भएर अघि बढेको उनको भनाइ छ । केपी शर्मा ओलीले एउटा पोलको नेतृत्व गरेको र अर्को त्यसविरुद्ध बनेको गठबन्धन भएको उनको भनाइ थियो । गठबन्धन टालाटुली बटुली भएको आरोप लगाउन उनले ओलीका शब्द सापटी लिएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।