६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार प्रहरीका नेपाली श्रमिक लैजाने मागपत्रको प्रमाणीकरण सुरु



अ+ अ-

काठमाडौं । कतारको प्रहरीका लागि नेपाली श्रमिक लैजाने प्रक्रिया सुरु भएको छ। कतारस्थित नेपाली दूतावासले कतार प्रहरीका नेपाली  श्रमिक  लैजाने  मागपत्रको प्रमाणीकरण सुरु गरेको हो ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारको दूतावासलाई   मागपत्र प्रमाणीकरणको अनुमति दिएसँगै दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेको हो। दूतावासका अनुसार काठमाडौँको  लाजिम्पाटमा रहेको अल  ताक्वेत  ओभरसिज नेपाल प्रालिबाट पेस भएका २०० जनाको मागपत्र   दूतावासले प्रमाणीकरण गरेको छ।

उक्त फाइल आइतबार नै  अनलाइनमार्फत  ताहाचलस्थित वैदेशिक   रोजगार   कार्यालयमा प्राप्त भएपछि ताहाचल कार्यालयले विज्ञापन  प्रकाशन  गर्नुपूर्व  स्वीकृति दिएको जनाएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।