६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु: वनमन्त्री यादव



अ+ अ-

काठमाडौँ . वन तथा वातावरणमन्त्री प्रदीप यादबले नेपालको सबै वन क्षेत्रको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा बृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाईने बताउनु भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले “सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी” भन्ने मूल नाराका साथआज आयोजना गरेको सामुदायिक वन दिवस २०७९ को कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाई नेपालमा बैदेशिक काठको आयातमा निरुत्साहित गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “वनको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा बृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाउने र बैदेशिक काठ आयातमा निरुत्साहित गर्ने मेरो योजना छ, सोही अनुसार काम गर्ने छु ।” यसैगरी मन्त्री यादवले सामुदायिक वनले अघि सारेका कार्यक्रमले नेपालमा हरियाली वृद्धि हुन सहयोग पुग्नुका साथै वनले ओगटेको क्षेत्रफलमा उल्लेखनीय बृद्धि भइ वनको हैसियतमा सुधार आएको तथा भूक्षय नियन्त्रण यवं जलाधार संरक्षण हुँदा वन्यजन्तुको बासस्थान संरक्षण लगायत जैविक विविधतामा अतुलनीय योगदान पुगेको दावी गर्नुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सामुदायिक वनकै कारण गरिब तथा विपन्न वर्गको जिविकोपार्जनमा सुधार हुनुका साथै सामाजिक बहिस्करणमा परेका महिला, दलित, आदीवासी जनजाती वर्गलाई सामाजिक मुलप्रवाहिकरण, महिला वर्गको नेतृत्व विकास तथा सामाजिक सदभाव कायम राख्न उल्लेख्य योगदान र भूमिका निर्वाह गरेको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।

यसैगरी मन्त्री यादवले हाल विभिद कारणले वन क्षेत्रबाट टाढा रहेका तर वनका परमपरागत उपभोक्ताहरु विशेषतः मधेशी, दलित, जनजाती, आदिबासी तथा मुसलमानहरुको वन पैदावारको माग र आवश्यक्तालाई पनि प्राथमिकताका साथ पुरा गर्नु पर्ने धारणा अघि सार्नुभयो । सोही कार्यक्रममा मन्त्री यादवले वर्तमान अवस्थामा वन ऐनका प्रावधानहरु बमोजिक व्यवस्थापनका लागि नेपालमा करिव २२ हजार ५१९ सामुदायिक वन उपभोक्ता समूहहरुले करिव २३ लाख ५१ हजार ५७७ हेक्टर राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोगमा निकै सहयोग पुगेको जानकारी दिनुभयो ।

मन्त्री यादवले विषेश गरी तराई तथा मधेशका नजिक यवं टाढा दुबै स्थानमा बस्ने उपभोक्ताहरुको काठ, दाउरा लगायत वन पैदवारको आधारभूत मागलाई परिपूर्ति गर्न अझै बढी मेहनेत गर्नु बताउनुभयो । बिश्वमा नै नमूनाको रुपमा रहेको नेपालको सामुदायिक वन कार्यक्रमलाई अझ बढी समूह केन्द्रित, स्वायत्त तथा सशक्त रुपमा अगाडि बढाइने मन्त्री यादवले जानकारी गराउनुभयो ।