१८ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बुलेन्स सञ्चालनका लागि ३० लाख सङ्कलन



अ+ अ-

तनहुँ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास–१० ले थालेको सामुदायिक एम्बुलेन्स सञ्चालन अभियानमा करिब रु ३० लाख सङ्कलन भएको छ । गतवर्ष भदौ १९ गते नेपाल रेडक्रस सोसाइटी दिवसको दिन थालेको अभियानमा एक वर्षको अवधिमा उक्त रकम सङ्कलन गरी एम्बुलेन्स खरिद गरेको हो । उक्त अभियानअन्तर्गत हालसम्म रु २९ लाख नौ हजार ७७५ सङ्कलन भएको उक्त सोसाइटी उपशाखाले जनाएको छ । 

सङ्कलन भएको रकममध्ये रु १२ लाख ८७ हजार एम्बुलेन्स खरिद, बीमा र एसी जडानलगायत खर्च भएको उपशाखाका सभापति रामदत्त पौडेलले जानकारी दिनुभयो । बोलकबुलका केही रकम उठ्न बाँकी रहेकाले केही दिनपछि हुन गई रहेको सम्मान कार्यक्रममा उक्त सङ्कलन हुने विश्वास गरिएको उहाँले बताउनुभयो । उपशाखाले एम्बुलेन्स खरिद गरी सञ्चालन गर्न थालेपछि नेपाल रेडक्रस सोसाइटी दिवसकै दिन यही आउँदो भदौ १९ गतेबाट अर्थ सङ्कलन कार्य बन्द गर्न लागेको हो । 

सामुदायिक एम्बुलेन्स सञ्चालन अभियानमा सहयोग पु¥याउने व्यक्ति, सङ्घसंस्थालाई सम्मान तथा प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम तय गरिएको उपशाखाका सभापति पौडेलले जानकारी दिनुभयो । 

“जुन उद्देश्यको लागि आर्थिक सङ्कलन थालिएको थियो त्यो लक्ष्य पूरा भयो ।” उहाँले भन्नुभयो, “एम्बुलेन्स खरिद गर्दा खर्च भएको रकम बाहेक अरु रकम बैंकमा मुद्दती खातामा राखेर आउने ब्याजबाट एम्बुलेन्स सञ्चालन गरिनेछ ।”  उपशाखाले असारदेखि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइसकेको छ । उक्त अभियानमा रु २५ हजारभन्दा बढी सहयोग गर्ने व्यक्ति तथा संस्थालाई उपशाखा र जिल्लाको सिफारिसमा प्रदेशले केन्द्र अनुमति लिएर प्रमाणपत्र प्रदान गरिने छ । 

उपशाखाले थालेको अभियानमा व्यक्ति तथा सङ्घसंस्था गरी १९२ वटाले आर्थिक सहयोग गर्नुभएको अर्थ सङ्कलन समितिका सचिव श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो । वैशाख महिनादेखि एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९का कारण दुई महिना ढिलाइ हुन गएको उहाँले बताउनुभयो । उक्त अभियानमा रु एक लाखभन्दा बढी सहयोग गर्ने एयस्कर एक, रु २५ हजार बढी दिने बिशिष्ट व्यक्ति १० र संस्थागत सदस्य ११ जना रहेका छन् । 

अतिविपन्न परिवारलाई सम्बन्धित टोल विकास संस्थाको सिफारिसमा आवश्यक परेमा निःशुल्क सेवा उपलब्ध गराउने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको सोसाइटीले जनाएको छ ।