३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा सत्तारुढ दलका वरिष्ठ नेता र प्रचण्डाबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कईबीच भेटवार्ता भएको छ । पाँच दिनको जापान भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डले मंगलबार पूर्वअर्थ, व्यापार तथा उद्योगमन्त्रीसमेत रहेका जापानी नेता निक्कईसँग भेटवार्ता गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डको फेसबुक पेजमा जारी सूचनाअनुसार भेटका क्रममा दुई मुलुकबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन उच्च तहका भ्रमणहरुको आदानप्रदानबारे छलफल भएको थियो । नेपालको कृषि, पर्यटन, जलविद्युत्लगायत क्षेत्रमा जापानले दिँदै आएको सहयोगलाई वृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ ।