२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ ।  परराष्ट्रमन्त्री डा नारायण खड्का आज चीनको भ्रमण जाँदै हुनुहुन्छ । आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री खड्का तीन दिने भ्रमणमा जान लाग्नु भएको हो ।

मन्त्री खड्का र चिनियाँ समकक्षी वाङ बीच चीनको छिङदाओमा साउन २५ गते भेटगर्ने कार्यक्रम रहेको छ ।वाङ यी मंगोलियमा र बंगलादेशको भ्रमणपछि सात दिने क्वारेन्टाईन बस्न छिङदाओमा पुग्ने र सो क्वारेन्टाइन स्थलमै उनीहरुबीच भेटवार्ता हुन लागेको हो ।

भेटमा सहभागी हुन बेईजिङ्गबाट छिङदाओमा जान लागेका चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ पनि भेटवार्ता पछि फर्केर क्वारेन्टाईनमा बस्नु पर्ने भएको छ ।

सोही स्थानमै स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा खड्काको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यहरु साउन २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।