एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणले यसअघि ‘एक्सएक्सएक्स’ फिल्मबाट हलिउडमा डेब्यू गरिसकेकी छन् ।
उक्त फिल्मपछि बलिउड क्षेत्रमै व्यस्त रहेकी उनी फेरि हलिउड फिल्ममा काम गर्ने तयारीमा छन् । अमेरिकाको फिल्म निर्माण कम्पनी ‘एसटिएक्स फिल्म्स्’ ले दीपिकालाई लिएर एक रोमान्टिक(कमेडी फिल्म बनाउन लागेको हो ।
करीब ४ वर्षपछि हलिउड फिल्ममा फर्किन लागेकी दीपिकाले एसटिएक्स फिल्म्स् र टेम्पल हिल प्रोडक्सनसँँग सहकार्य गर्न पाउँदा रोमान्चित महशुस गरेको बताएकी छन् । दीपिका अहिले ‘पठान’ को सुटिङमा व्यस्त छिन् ।