९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

न्यायाधीश साहको मुद्दाको सक्कल फाइल झिकाउन आदेश,डमी निवेदक भएको दाबी

न्यायाधीश साहको मुद्दाको सक्कल फाइल झिकाउन आदेश,डमी निवेदक भएको दाबी
अ अ+ अ-

काठमाडौ । सर्वोच्च अदालतले बर्खास्तमा पर्नुभएकी उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका साहको मुद्दामा सक्कल फाइल झिकाउने आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शाहलाई नियुक्ति दिने समयमा भएको निर्णय र पदबाट हटाउने निर्णय झिकाउन आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “मिति २०७९ असार २४ मा न्यायपरिषद्बाट गरिएको सिफारिस निर्णयसम्बन्धी सक्कल फाइल तथा निजको व्यक्तिगत फाइल न्याय परिषद् सचिवालयबाट पेशीका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी झिकाउनु ।”

आदेशमा अधिवक्ता सल्लु तिवारीविरुद्ध न्यायपरिषद्को मुद्दामा सर्वोच्चबाट २०७६ जेठ २६ मा निर्णय भएको निवेदनको सक्कल मिसिल अदालतको अभिलेखबाट झिकाउनसमेत भनिएको छ । न्यायपरिषद्को गत असार २४ गते बसेको बैठकले न्यायाधीश साहलाई योग्यता नपुगेको उल्लेख बर्खास्त गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन साहले दायर गर्नुभएको थियो । रिट निवेदनमा आफूले पाँच वर्ष काम गरिसकेपछि नियतबस हटाईएको उल्लेख गरिएको छ ।

सर्बोच्चमा पेश गरिएको रिटको अंश

न्याय परिषदले एक पटक कसैलाई योग्य ठानी न्यायाधीश नियुक्तिको सिफारिश गरीसकेपछि निजको योग्यता सम्बन्धमा स्वयंम परिषदले उजुरी लिन नियमावलीको व्यवस्था प्रतिकुल हुने हुनाले नै परिषदले २०४७ साल देखि हाल सम्म न्यायाधीशको योग्यता विषयको कसैको उजुरी स्वीकार नगरेको हुनाले चाहे सर्वोच्च अदालतका न्यायाधीश बलराम के. सी. को योग्यता उपर प्रश्न उठाउने सुबोधमान नापित होस वा मनोज शर्माको योग्यता उपर प्रश्न उठाउने शम्भु थापा होस वा नहुकुल सुवेदीको योग्यता उपर प्रश्न उठाउने डा. सुरेन्द्र भण्डारी होस वा म निवेदक रेणुका शाहको योग्यता उपर प्रश्न उठाउने सल्लु तिवारी समेतका व्यक्ति होस सबैले न्याय परिषदमा उजुरी दिनुको साटो सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र उपयोग गरी विभिन्न मितिमा रिट दिएका छन् र नियुक्त भई काम गरी आएका न्यायाधीशका योग्यता सम्बन्धमा विचार गर्न उपयुक्त नहुने भनी ति सबै रिट खारेज हुने ठहरेको छ ।

यसबाट पनि न्यायाधीश नियुक्ति पश्चात निजको योग्यता सम्बन्धमा नभई न्यायाधीशको कार्यक्षमता, कार्यसम्पादन र आचरण मात्र हेर्ने हो । म निवेदक उपर योग्यता सम्बन्धी विषयमा परेको रिट २०७५ WO ११९९ मिति २०७६।०२।१६ मा खारेज हुने अन्तिम आदेश भई सो प्रश्न टुंगिसकेकोमा पुनः अधिवक्ता दिपक राज जोशी भनेको डमी निवेदकको उजुरी स्वीकार गरेको र त्यस उपर कारवाही प्रारम्भ गरी २०७९।३।२४ मा निर्णय गरेको न्याय परिषद नियमावली, २०७४ को नियम १७ (१) (ग) को कानुनी व्यवस्था प्रतिकुल र अधिकारक्षेत्र विहिन रहेको स्पष्ट छ । म निवेदिका नियुक्ति भई विभिन्न अदालतमा कुशलतापुर्वक कार्य गरी न्याय सम्पादन गरी आएकोमा कानुनले लिन नमिल्ने उजुरी लिन लगाई प्रतिरक्षी नं. १ ले पनि सोलाई स्वीकार गरी पुर्वाग्रहपुर्वक र बदनियत पुर्ण ढंगले २०७९।३।२४ मा म निवेदिकालाई पद मुक्त गर्ने सिफारिश निर्णय गरेकोले सो निर्णय सर्वोच्च अदालतको मिति २०७६।११।१६ को निर्णय विपरित भेदभाव पुर्ण हुदा उक्त निर्णय बदरभागी छ ।

सर्वोच्च अदालतको आदेश वा निर्णय मुद्दाको सबै पक्षले वाध्यकारी रुपमा मान्नु पर्ने हुनाले प्रतिरक्षी नं.१ को सिफारिश गर्ने निर्णय र सो आधारमा प्रतिरक्षी नं. २ को निर्णय र अन्य पदाधिकारीबाट गरिएको पत्राचार समेत स्वेच्छिक, विषयगत, आफ्नो सिमित अधिकारक्षेत्रको चरम स्वेच्छिक दुष्प्रयोग तथा सर्वोच्च अदालतको सर्वोच्चता माथिको अवमाननायुक्त(Contempt Of Court) समेत रहेकोले प्रथम दृष्टिमा नै बदरभागी छ ।

न्याय परिषदबाट संविधान र प्रचलित कानुन बमोजिम कसैलाई योग्य ठहराई सिफारिश गरी निज न्यायाधीशको पदमा नियुक्त भई न्यायाधीशको पदको काम गरी आएकोमा त्यस्तो न्यायाधीशको कार्यसम्पादन, कार्यक्षमता, कुशलता, नैतिक आचरण र न्याय प्रतिको निष्ठा इत्यादि मात्रको अनुगमन र मुल्यांकन गर्नुपर्ने हुन्छ ।

न्याय परिषद ऐन, २०७३ को दफा १०,११,१२ र दफा १३ समेतमा सो बमोजिमको स्पष्ट कानुनी व्यवस्था गरिएको छ । सो कानूनी व्यवस्था बमोजिम माथिल्लो अदालतबाट नियमित निरिक्षण गरी ऐन बमोजिम प्रतिवेदन पनि दिने गरिएको छ । त्यस्तै न्यायाधीशको कार्यको मुल्यांकन गर्ने न्यायपरिषद् नियमावलीको नियम ७, नियम ८, नियम ९ को व्यवस्था आकर्षित हुन्छ ।

कार्यरत न्यायाधिशको हकमा नियुक्ति पूर्वका अवस्थाका सम्बन्धमा वा योग्यताका सम्बन्धमा प्रश्न उठाउने र विचार गर्ने कार्य कानुनतः मिल्ने हुदैन । त्यसै कारणले न्याय परिषद नियमावली २०७४, को नियम १७(१) मा उजुरी दिने व्यवस्था अन्तर्गत न्यायाधीशको सम्बन्धमा “ आफ्नो पदिय दायित्व इमान्दारी पुर्वक निर्वाह नगरेको वा निजमा कार्यक्षमताको अभाव भएको वा निजबाट खराब आचरण भएको भन्ने कुनै व्यक्तिलाई लागेमा उजुरी दिन सक्ने व्यवस्था गरिएको छ । उपनियम ९२० को खण्ड ९ग० मा कुन कुन विषयमा उजुरी दिन पाउने हो, सो विषयहरु स्पष्ट रुपमा तोकिएको पाइन्छ ।

उक्त खण्ड (ग) मा कार्यक्षमताको अभाव, खराब आचरण, इमान्दारीपुर्वक आफ्नो कर्तब्य पालना नगरेको , बदनियत पुर्वक काम गरेको, आचार संहिताको गम्भिर उल्लघन गरेको भन्ने उजुरी गर्न पाउने विषय किटान गरेको छ । उक्त नियमावलीमा कतै पनि न्यायाधीशको योग्यता नपुगेको भन्ने बारे उजुरी दिन पाउने व्यवस्था गरिएको पाइदैन ।

कानुनमा नै किटान नगरिएको विषयमा पनि उजुरी दिने र त्यस्तो उजुरी लिई कारवाही गर्ने कार्य सो कानुन प्रतिकुल र अधिकारक्षेत्र बिहिन हुन्छ । नियमावलीमा योग्यता सम्बन्धमा उजुरी दिन नपाउने र दिन नमिल्ने व्यवस्था गरिएको पनि खास कारण रहेछ । न्याय परिषदबाट न्यायाधीशको सिफारिश गर्दा परिषद स्वयंले कानुन व्यवसायी समेतको संविधान र प्रचलित कानुन बमोजिम योग्यता पुगेको छ भनी बिश्लेषण गरी विश्वस्त भई योग्य ठहराएकोलाई मात्र न्यायाधीश नियुक्तिको सिफारिश गरेको हुन्छ ।

यस्तोमा पछि योग्यता नपुगेको विषयमा पनि उजुरी दिँदा र लिँदा योग्यता नपुगेको भनी ठहर गर्दा परिषद स्वयंको योग्यतामा प्रश्न चिन्ह लाग्न जाने हुनाले न्याय परिषद नियमावली, २०७४ मा योग्यता सम्बन्धी विषयमा उजुरी दिन पाउने व्यवस्था न्याय परिषदले नियमावलीमा नगरेकोले यस सम्बन्धमा परिषदले दिपकराज जोशी लगायतको उजुरी लिन र सो उपर कारवाही र निर्णय गर्ने कार्य सरारसर अधिकारक्षेत्र विहिन र कानुनको उल्लंघन हुन गएको हुँदा म निवेदकको सम्बन्धमा भएको न्याय परिषदको २०७९।३।२४ को निर्णय बदरभागी छ ।

साथै उजुरीकर्ताको कुन हक हित हनन हुन गएको वा निजको कुनै सार्थक सरोकार वा सम्बन्ध नभएको व्यक्तिले उजुरी दिन नपाउने न्यायिक सिद्धान्त रहेकोमा आफ्नो कुनै नीजी हकहित वा सार्थक सम्बन्ध नभएको व्यक्तिको उजुरी लिई कारवाही गरी गरेको न्याय परिषद्को निर्णय त्रुटीपूर्ण छ ।