काठमाडौं । ब्राजिलियन स्टार विलियन इंग्लिस क्लब आर्सनलबाट विदा भएका छन् ।
आर्सनलमा एक सिजन खेलेका विलियनले आर्सनलसँगको सहमतिमै क्लब छाडेका हुन् ।
३३ वर्षीय विलियन विलियन गत सिजन चेल्सीबाट फ्री ट्रान्सफरमा आर्सनल आएका थिए ।
विलियनले आर्सनलसँग तीन वर्षको सम्झौता गरेका थिए । तर, सम्झौता दुई वर्ष बाँकी रहदै उनले क्लब छाडेका हुन् ।
आर्सनलको बसाईमा उनले ३८ खेलमा १ गोल गरे ।
विलियन आफ्नो पूर्व क्लब कोरिनथियन्स (ब्राजिलियन क्लब)मा अनुबन्ध हुने छन् ।