२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्भिक अस्पताललाई २४ घण्टाभित्र टहरा हटाउन काठमाडौं महानगरपालिकाको निर्देशन



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टाभित्र सरकारसँग लिजमा लिएको जग्गामा बनाइएका टहरा हटाउन निर्देशन दिएको छ ।

महानगरपालिकाले सरकारको नाममा दर्ता कायम रहेको जग्गामा सम्झौता विपरित नक्सा पास नगरी घर टहरा बनाएको भन्दै २४ घण्टाभित्र हटाउन निर्देशन दिएको हो ।

शहरी व्यवस्थापन विभागका विभागीय प्रमुख सुरज शाक्यको हस्ताक्ष रहेको पत्रमा भनिएको छ –
प्रस्तुत विषयमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको कि.नं. २०६५ क्षे.फ. १-८-१-१ जग्गा हस्पिटलले लिजमा लिई उक्त जग्गाको पश्चिम तर्फ निर्मित संरचनाहरू (क्यान्टिन भवन लगायत) नेपाल सरकारसंग भएको सम्झौता विपरीत र नक्शापास स्वीकृत नगरी निर्माण भएको पाइएकोले श्रीमान् प्रमुखज्यूको आदेशानुसार उक्त संरचना २४ घण्टा भित्र हटाउनु हुन जानकारी गराइन्छ अन्यथा नियमानुसार कार्वाही गरिने व्यहोरा समेत सूचित गरिन्छ ।




भर्खरै