२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्कन एयरको काठमाडौँ सीधा उडान सुरु



अ+ अ-

काठमाडौँ । श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ– श्रीलङ्का सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाजमा १३२ यात्रु काठमाडौँ आएका छन् ।

कोलम्बो–काठमाडौँ नियमित उडान सुरु भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँबाट १४९ यात्रु लिएर श्रीलङ्कन एयरको जहाज बिहान ११ः१० बजे पुनः कोलम्बो उडेको छ । सातामा दुई दिन मङगलबार र शनिबार उडान हुने विमानस्थलले जनाएको छ । काठमाडौँ–कोलम्बो सीधा उडान करिब साँढे तीन घण्टाको हुन्छ ।
      
एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले जनाएको छ । श्रीलङ्कन एयरले  यो मौसममा आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले अवस्था हेरेर ‘विन्टर सिजन’का लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ । उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ ।

 भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक सातामा कति भन्ने यकिन भइसकेको छैन । नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्नेछ ।  हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुवई उडान गरिरहेको छ । एयरलाइन्सले आगामी सेप्टेम्बरबाट जापान, अस्ट्रेलिया र लण्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ । (रासस)