• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो

‘खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाइयोस्’



काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रियसभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरुलाई शिक्षक, कर्मचारीहरुलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।

उहाँले सबै उमेर समूहका नागरिकका लागि खेल खेल्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धि समेत हुने तथा नागरिकहरु पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो । सांसद गुरुङले युवाहरुलाई सही बाटोमा ल्याउन पनि खेलकुद क्षेत्रमा उनीहरुको सहभागिता गराउन सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले भन्नु भयो, ‘हामीसँग युवा तथा खेलकुद मन्त्रालय छ । राष्ट्रिय खेलकुद परिषद छ । नीति, कार्यक्रमहरु पनि बनेका छन ।

यही आर्थिक वर्षको बजेटले खेलकुद विकासको २० वर्षे गुरुयोजना तयार पारी कार्यान्वयन गर्ने कुरा पनि गरेको छ । एक स्थानीय तहमा एक खेल ग्रामको कुरा पनि आउन थालेको छ । तथापि युवा तथा खेलकुद मन्त्रालयको २ अर्व ४६ करोडको बजेट अत्यन्तै थोरै हो भन्ने मलाई लाग्छ । मैले यहाँ बजेटको कुरा गरेको होइन, केवल हाम्रो सरकारले जनसंख्याको सबैभन्दा हिँस्सा ओगटने युवा र तिनको विकासमा खेलकुदको भूमिकालाई कति महत्व दियो भनेर उदाहरणको रुपमा बजेटको कुरा गरेकी हुँ । विज्ञान र प्रविधिले आश्चर्यजनक ढंगले विकास गरिरहेको छ । कम्प्युटर, इन्टरनेट तथा मोबाइलको प्रयोग बढिरहेको छ । यी साधनहरु युवा अत्यन्तै नजिकका साथी बनिरहेका छन । तर यी साधनहरुको प्रयोगले हाम्रो देशका युवाहरुको हिस्सा बर्बाद पनि हुँदै गइरहेको छ ।

यसबाट मुक्त गर्न युवाहरुलाई खेल क्षेत्रतर्फ आकर्षित गर्ने नीति हुनुपर्दछ । युवाहरुको व्यक्तित्व विकासमा खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । खेलकुदले हाम्रो शरिरलाई स्वस्थ राख्न मद्दत पु¥याउँदछ । मानसिक तनावबाट मुक्ति दिलाउँछ । खेलकुदले एकअर्कासँग मिलेर काम गर्ने बानीको विकास गराउँछ । राष्ट्रप्रतिको प्रेमलाई प्रगाढ बनाउँछ । अझ अन्तराष्ट्रिय स्तरमा हुने खेलकुदको सहभागिताले राष्ट्रको मान, सम्मान र इज्जत बढाउँछ । हामी देखिरहेका छौं । जुन देश विकसित छन, ती देशहरु खेलकुदमा पनि धेरै अघि छन र, समृद्ध पनि छ । त्यसैले खेलकुद राष्ट्रका समृद्धि र विकासका लागि परिचायक पनि हो ।

खेलकुदको माध्यामबाट पनि पर्यटक भित्रयाएर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । खेलकुद युवाहरुको मात्र विषय होईन । बालबालिकादेखि युवा, वृद्ध सबै उमेरका मानिस आफ्नो उमेर । अवस्था अनुसार खेलकुदमा सहभागी हुन्छन । यस अर्थमा खेलकुदप्रतिको आकर्षण बढाउन पर्दछ । खेल मैदानहरु र खेलका साधनहरु व्यापक बनाउनु पर्दछ । खेलाडीहरुको सम्मान गरी उनीहरुको हौसला बढाउनु पर्दछ । सबै उमेर र समुहको आधारमा विभिन्न स्तरमा खेलकुदको प्रतियोगिताको आयोजना गरिनु पर्दछ । खेलाडीहरुलाईं पेन्सन दिने व्यवस्था गर्न म सरकारको गम्भिर ध्यानकर्षण गर्दछु ।’

सांसद गुरुङले युवाहरुलाई परिचालन गरी देशको विकास गर्नुपर्ने आवश्यक्ता भएपनि सरकारले सोही अनुसारको नीति, कार्यक्रम र बजेट ल्याउन नसकेको गुनासो समेत गर्नु भयो ।