एजेन्सी । अमेरिकाले काबुल दूतावासलाई दोहामा सारेको छ ।
जसअनुरुप अमेरिकाले अफगानिस्तान मामिला कतारको राजधानी दोहाबाट हेर्ने भएको हो ।
मंगलबारदेखि काबुलस्थित दूतावास बन्द गरिएको र अफगान सम्बन्धी कार्य दोहाबाट गर्ने अमेरिकाले जनाएको छ ।
अमेरिकी दूतावासको वेबसाइटमा भनिएको छ, ‘काबुलबाट सबै कर्मचारीलाई फिर्ता गरिएपनि हामीले अमेरिकी नागरिक र तिनका परिवारलाई दोहाबाट सेवा गर्छौं ।’