काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले ५० लाख पुरस्कार पाउने भएको छ ।
मंगलबार पुरस्कार राशी घोषणा गरिएको हो । यस्तै उपविजेताले १५ लाख पाउनेछ ।
चौंथो संस्करणको ईपीएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिभुवन विश्वविद्यालको क्रिकेट मैदानमा हुनेछ।
उक्त प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउनेछन् ।
ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन् ।