२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आविष्कार केन्द्र अध्ययन तथा अनुसन्धान गर्नेहरुका लागि प्राथमिक विद्यालय : महावीर पुन



अ+ अ-

न्यूयोर्क । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं सामाजिक अभियन्ता महावीर पुनले आविष्कार केन्द्र अध्ययन तथा अनुसन्धान गर्नेहरुका लागि प्राथामिक विद्यालय भएको बताउनुभएको छ । अमेरिका भ्रमणमा रहनुभएका पुनले नायग्राफल्स क्षेत्रमा रहेका नेपालीहरुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पुनले भन्नुभयो, “आविष्कार केन्द्र सबैको साझा हो, नयाँ केही गर्न चाहनेहरुका लागि पाठशाला पनि हो, कुनै बेला यो विद्यालय हुँदै विश्वविद्यालयसम्म पुग्छ होला ।”

उहाँले प्रविधि र धैर्य भए परिवर्तन गर्न कठिन नहुने भन्दै सिक्नका लागि कुनै पनि कुरा सानो र ठुलो नहुने बताउनुभयो । नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “आविष्कार केन्द्र सम्पूर्ण होइन तर केही गर्छु भन्ने युवाका लागि प्रस्थान विन्दु भने पक्कै पनि हो ।”

अन्तरक्रिया कार्यक्रमका संयोजक लोकनाथ अधिकारीका अनुसार पुनले आफूले गरेका विभिन्न कामका बारेमा जानकारी गराउनुका साथै अनुभवहरु सुनाउनुभएको थियो ।

अधिकारीका अनुसार त्यस अवसरमा कार्यक्रममा सहभागी नेपाली समुदायले केन्द्रका लागि केही आर्थिक सहयोगसमेत गरेका थिए । अधिकारीले भन्नुभयो, “विदेशमा रहेका नेपाली समुदाय माझ पुन जस्ता पात्रहरुको अनुभव र योजना सुन्दा धेरै नेपालीलाई स्वदेशमा नै केही गरौँ भन्ने आत्मविश्वास जाग्छ ।