२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विद्येयक सन्देश सहित फिर्ता गर्न राष्ट्रपतिलाई सल्लाह



अ+ अ-

काठमाडौं । नागरिक समाजका अगुवाहरुले नागरिकता विद्येयक सन्देश सहित फिर्ता गर्न राष्ट्रपति बिद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । पूर्वसचिव द्वारिकानाथ ढुंगेल सहितको टोलीले राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक मुलुकका लागि हितकर नभएको भन्दै सन्देश सहित संसदमा फिर्ता गर्न आग्रह गरेको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनु भएको छ । नागरिक समाजका प्रतिनिधिहरुसँगको भेटमा राष्ट्रपति भण्डारीले आफूले यो विधेयक गम्भिरतापूर्वक अध्ययन गरिरहेको जानकारी गराउनु भयो ।

भेटमा सहभागि वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले न्युजपोलारसँग भन्नुभयो ‘यो विधेयक मुलुककको हितमा छैन अर्थ, विधेयकका रुपमा पनि आएको होईन यस्तो अवस्थामा सन्देश सहित फिर्ता पठाउनु नै उपयुक्त हुने सल्लाह दियौँ ।’

यसैगरी भेटमा सहभागी पूर्वप्रदेश प्रमुख एवं सञ्चारकर्मी डा राजेश अहिराजले न्युजपोलारसँग भन्नुभयो ‘नागरिकता विधेयक पुनर्विचार गर्नु नै पर्ने अवस्था छ, त्यही प्रकारको सुझाव दिईएको छ ।’

उहाँले तीन वटा बिषयमा ध्यानकर्षण गराएको पनि जानकारी गराउनु भयो । गलत तवरबाट नागरिकता लिनेलाई भन्दा नागरिकता दिनेलाई डबल दण्ड दिनुपर्ने, बंशजको नागरिकलाई मात्र राजनीतिक अधिकार हुनुपर्ने , नवनागरिक वा अंगिकृतलाई राजनीतिक अधिकार दिन नहुने तथा बुवा र आमाको पहिचान नभएका व्यक्तिलाई बंशजको नागरिकता दिने कार्य मुलुकका लागि ठुलो घात हुने भएकाले त्यो कुरामा पुनर्विचारको आवश्यक रहेको उहाँले बताउनु भयो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनु भएको छ । प्रमाणीकरणका लागि विधेयक पुगेपछि राष्ट्रपतिले परामर्श गर्नुभएको छ ।




भर्खरै