५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

थेरनोस काण्ड: “सबैभन्दा कम उमेरमा अर्बपति बनेकी एलिजाबेथ होल्म्सले कसरी सिलिकन भ्यालीलाई झुक्याइन्”

थेरनोस काण्ड: “सबैभन्दा कम उमेरमा अर्बपति बनेकी एलिजाबेथ होल्म्सले कसरी सिलिकन भ्यालीलाई झुक्याइन्”
अ+ अ-

चर्चित फोर्ब्स पत्रिकाका अनुसार उनी "विश्वको सबैभन्दा कम उमेरमा आफैँ कमाएर अर्बपति बनेकी महिला" थिइन्। अर्को चर्चित पत्रिका इन्कले उनको तस्बिर कभरमा राखेर लेखेको थियो:  "अर्की स्टीभ जब्स"।

सन् २०१४ मा ३० वर्षकी एलिजाबेथ होम्ज शिखरमा थिइन्। स्ट्यान्फर्ड विश्वविद्यालय बीचमै छोडेकी उनले रोग निदानको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने दाबी गर्ने नौ अर्ब अमेरिकी डलर मूल्याङ्कन भएको कम्पनी स्थापना गरेकी थिइन्।

थेरनोस कम्पनीले "एडिसन टेस्ट" गर्दा केही थोपा रगतबाटै क्यान्सरदेखि मधुमेहसम्म धेरै रोगहरू पत्ता लगाउने बताएको थियो। अमेरिकाका दुई पूर्वविदेशमन्त्रीदेखि चर्चित अर्बपतिहरूले थेरनोसमा लगानी गरेका थिए।

तर सन् २०१५ तिर प्रतिकूल भयो। अनि एक वर्षभित्र होम्स जालीका रूपमा चिनिइन्। उनले भनेको प्रविधिले केही काम गर्दैन थियो र सन् २०१८ मा उनले स्थापना गरेको कम्पनी बन्द भयो।

अहिले ३७ वर्षे होम्सलाई जालसाजीका १२ वटा अभियोग लागेका छन्। ती प्रमाणित भएमा उनलाई २० वर्षसम्मको जेल हुनेछ। उनीले अहिलेसम्म आफ्नो कुरा सार्वजनिक गरेकी छैनन्।

अमेरिकामा उनको मुद्दामा सेप्टेम्बर महिनामा सुनुवाइ सुरु हुँदैछ। उनले अदालतमा अपराध गरेको स्वीकार नगर्ने अनुमान गरिएको छ। गत सप्ताहान्ततिर कथामा एउटा रोचक मोड आएको छ।

उनका वकिलले होम्सका पूर्वप्रेमी र व्यावसायिक साझेदार मनेश ूसनीू बलवानीले तथाकथित अपराध भएको समयमा उनलाई यौन दुराचार गरेको र मानसिक रूपमा नियन्त्रणमा राखेर सही निर्णय गर्न नसक्ने बनाएको जिकिर गर्ने भएका छन्।

होम्सलाई लागेकै अभियोग खेपिरहेका ५६ वर्षीय बलवानीले ती आरोपलाई "निर्लज्ज" को सङ्ज्ञा दिएका छन्। अब अदालतको जुरीले नै अमेरिकाका मन्त्रीदेखि सांसदसम्मलाई झुक्याएकी महिलालाई कति सहानुभूति दिने र कति सजाय दिने भन्ने कुराको निर्णय गर्नेछ।

सफल हुन दबाव
एउटा पुस्तक, एचबीओ वृत्तचित्र, एउटा चलचित्र र एउटा टेलिशृङ्खलामा प्रमुख विषयवस्तु बनेकी भए पनि कामै नगर्ने प्रविधिका विषयमा होम्सले किन जोखिम लिइन् भन्ने कुरा अझै स्पष्ट छैन।

वाशिङ्टन डीसीमा धनी परिवारमा हुर्किएकी उनी बाल्यकालमा शालीन तर अन्तर्मुखी स्वभावकी रहेकी उनलाई चिन्नेहरू बताउँछन्।

उनलाई सफल हुनका लागि ठूलो दबाव रहेको हुनसक्ने ८१ वर्षीय लगानीकर्ता रिचर्ड फुइस अनुमान गर्छन्।

फुइस र परिवार होम्सका परिवार वर्षौँसम्म छिमेकमा बस्थे। तर थेरनोसले सन् २०११ मा उनीविरुद्ध प्रतिलिपि अधिकारसम्बन्धी मुद्दा हालेपछि दुई परिवारको सम्बन्ध चिसिएको थियो। सो मुद्दा पछि मेलमिलापमा टुङ्गिएको थियो।

फुइसले होम्सको बाबुआमा राजधानीमा सरकारी अधिकारी रहेको तर उनीहरू "प्रतिष्ठामा रुचि राख्ने" र "सम्बन्धले काम बन्ने विश्वास गर्ने" बीबीसीलाई बताएका छन्।

होम्सको परिवार अमेरिकी बेकरी उद्योगलाई परिवर्तन गर्ने यीस्ट बनाउने कम्पनीको संस्थापकको उत्तराधिकारी रहेको हुँदा आफ्नो प्रतिष्ठाबारे सचेत रहेका उनले बताए।

नौ वर्षको हुँदा होम्सले आफ्ना बुवालाई एउटा पत्रमा उनले आफू "जीवनमा कुरा मानवजातिले सम्भावना नै नदेखेको कुनै नयाँ कुरा आविष्कार गर्न चाहेको" लेखेकी थिइन्।

सन् २००२ मा केमिकल इन्जिनियरिङ पढ्न स्ट्यान्फर्ड विश्वविद्यालय भर्ना भएकी उनले मानिसको शरीरमा सङ्क्रमण भएको पत्ता भए त्यो लगाउन सक्ने अनि आवश्यकतानुसार एन्टिबायोटिक प्रवाहित गर्न सक्ने "प्याच" बनाउने अवधारणा ल्याएकी थिइन्।

उक्त विश्वविद्यालयकी क्लिनिकल फार्मकोलजिस्ट डा। फिलिस गार्ड्नरका अनुसार उनले होम्सलाई त्यो अवधारणाले "काम नगर्ने" बताएकी थिइन्।

"उनले खालि मलाई हेरिरहिन्," गार्ड्नरले बीबीसीलाई बताइन्। "अनि उनी आफ्नो विद्वताप्रति पूर्ण आत्मविश्वासी देखिएकी थिइन्। उनलाई मेरो विज्ञतामा रुचि थिएन र त्यो चिन्ताजनक कुरो थियो।"

अस्वाभाविक उन्नति
त्यसको केही महिनापछि १९ वर्षीया होम्सले विश्वविद्यालय छोडिन् र रक्तपरीक्षणको नयाँ प्रविधिको अवधारणासहित थेरनोस खोलिन्। प्रभावशाली व्यक्तिहरू उत्साहित भए र हिसाबकिताब नहेरी लगानी गरे।

अमेरिकी अर्थमन्त्री जोर्ज शल्ट्ज, पछि ट्रम्प प्रशासनमा सेवा गरेका जेनरल जेम्स म्याटिस र अमेरिकाको सबैभन्दा धनी वाल्टन परिवारले पनि उनलाई सघाए।

उनीहरूको समर्थन तथा होम्सको सौन्दर्यले पनि उनीप्रतिको भरोसा बढायो। "उनीसँग गजबको सोच थियो र त्यो सोचले उनले लगानीकर्ता र वैज्ञानिकहरूलाई विश्वासमा लिइन्," हार्भड मेडिकल स्कूलका पूर्वडीन डा। जेफ्री फ्लायर भन्छन्।

फ्लायरले सन् २०१५ मा होम्सलाई भेटेका थिए। "उनी आफूसँग विश्वास्त थिइन् तर जब मैले उनलाई उनको प्रविधिका बारेमा केही प्रश्नहरू गरेँ उनले बुझेको जस्तो लागेन," फ्लायरले भने। "त्यो अनौठो थियो तर मलाई यस्तो भान भएन कि उनी ठग हुन्।"

डा. फ्लायरले होम्सलाई मेडिकल स्कूलको बोर्ड अफ फेलोजमा सदस्य बन्न निम्त्याए। यसबारे उनी पछुतो गर्छन् तर थेरनोस काण्डपछि उनलाई हटाइयो।

त्यो काण्ड सन् २०१५ मा सुरु भयो जब कम्पनीमै कार्यरत एक व्यक्तिले गोप्य रूपमा एडिसन परीक्षणको उपकरणबारे प्रश्न उठाए।

वाल स्ट्रीट जर्नलले थेरनोसको परीक्षण विश्वसनीय नभएको र परीक्षणका लागि कम्पनीले अन्य उत्पादनकर्ताका उपलब्ध प्रविधिहरू प्रयोग गरेको भन्दै समाचार शृङ्खला प्रकाशित गर्‍यो।

कम्पनीमाथि मुद्दा पर्न थाल्यो, साझेदारहरूले सम्बन्ध भङ्ग गरे र सन् २०१६ मा अमेरिकी नियामक निकायले होम्सलाई रक्तपरीक्षण सेवा दुई वर्षका लागि बन्द गर्न भन्यो।

पीडित हुन् कि पीडक ?
सन् २०१८ मा थेरनोस बन्द भयो। सन् २०१८ को मार्चमा होम्सले गलत तरिकाले लगानीकर्ताहरूबाट ७० करोड अमेरिकी डलर उठाएको वित्तीय नियामक निकायको देवानी मुद्दा मेलमिलापबाट मिलाइन्।

तर त्यसको तीन महिनापछि उनलाई बलवानीसँगै फौजदारी अभियोगमा गिरफ्तार गरियो। अभियोजनकर्ताहरूले उनले थाहा हुँदाहुँदै पनि परीक्षण गर्ने बिरामीलाई ढाँटेको र लगानीकर्ताहरूलाई गलत हिसाबकिताब देखाएको आरोप लगाएका छन्।

उनी धरौटीमा रिहा भइन् र सन् २०१९ मा २७ वर्षीय विलियम बिली इभान्ससँग विवाह गरिन्। इभान्स एउटा होटल चेनको मालिकका उत्तराधिकारी हुन्। यो वर्षको जुलाईमा उनले छोरा जन्माइन्।

अदालतमा पेस गरिएका कागजपत्रका अनुसार होम्सका वकिलहरूले उनले थेरनोसका सबै कुराहरूमा सत्य हो भनी विश्वास गरेको र उनले थेरनोसलाई लगानीकर्ताहरूलाई फाइदा दिने कानुनी व्यवसाय मानेको दाबी गर्नेछन्।

उनीहरूले बलवानीको व्यवहारले उनको निर्णय क्षमताले काम नगरेको र त्यस कारण उनले आफूबाट पीडितलाई धोका दिने क्षमता पनि नरहेको दाबी गर्नेछन्।

उनीहरूले अर्को वर्ष मुद्दा चलाइने थेरनोसका प्रमुख अपरेटिङ अधिकारीले एक दशकसम्म उनको लवाइखवाइ र कससँग बोल्ने भन्ने कुरामा पनि नियन्त्रण गरेको बताउनेछन्। उनीहरूले यौन दुराचारमा विज्ञता भएका मनोवैज्ञानिकलाई पनि विज्ञसाक्षीको रूप पेस गर्नेछन्। (बीबीसी)