बुटवल । लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन् ।
नेकपा एमालेबाट विभाजन भई नवगठित नेकपा एकीकृत समाजवादीमा घर्ती खुलेकी हुन् । उनी समानुपातिकतर्फ पाल्पाबाट निर्वाचित सांसद हुन् ।
मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर घर्तीले आफू नेकपा एकीकृत समाजवादीमा सनाखत गरेकी हुन् ।
योसँगै नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेश सभामा खाता खोलेको छ ।
निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न समय दिएको छ ।