२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको बहिर्गमन अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ : तालिवान प्रवक्ता



अ+ अ-

एजेन्सी । अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिहुल्लाह मुजाहिदले बताएका छन् । उनले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम राष्ट्र’ भएको घोषणा गरे ।

अमेरिकी सेनाले देश छोडेको केही घण्टापछि मङ्गलबार हामिद कार्जाई अन्तराट्रिय विमानस्थलबाट संवाददाताहरूसँग बोल्दै तालिबान नेता मुजाहिदले ‘तालिवान समूहको विजय अफगान सबैको विजय भएको’ बताएका अल जजिराले उल्लेख गरेको छ ।

“अफगानिस्तानको इस्लामिक इमिरेट्स स्वतन्त्र र सार्वभौम राष्ट्र हो भन्नेमा हामीलाई कुनै शंका छैन,” उनले भने ।

अमेरिकीहरूले “सैन्य परिचालनद्वारा आफ्नो लक्ष्य प्राप्त गर्न नसकेको दावी गर्दै आगामी दिनमा अफगानिस्तानले पश्चिमसँग ‘कूटनीतिक सम्बन्ध राख्ने’ बताएका थिए । 

अफगानीहरूले आफ्नो स्वतन्त्रता, स्वतन्त्रता र इस्लामी मूल्यमान्यताको रक्षा गर्ने उनले बताए । अफगानिस्तानबाट अमेरिकी सैन्य गठबन्धनको बहिर्गमन मङ्गलबार अमेरिकी समय अनुसार दिउँसो ३ः२९ बजे हामिद कार्जाई विमानस्थलबाट अन्तिम सी–१७ उडेसँगै सम्पन्न भएको हो ।