६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिके राउतले भेटे ठाकुर र यादवलाई



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका छन् ।

डा राउतको सचिवालयका अनुसार दुवै भेटमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्नेबारेमा कुराकानी भएको थियो । डा राउतले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सो निर्वाचन क्षेत्रबाट यसअघिको निर्वाचनमा जसपा अध्यक्ष यादव निर्वाचित भएका थिए । जनमत पार्टीले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसहित अन्य दलहरुसँग पनि निर्वाचनमा सहकार्यका लागि संवाद जारी राखेको बताइएको छ ।