२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन

रात्रिकालीन व्यवसायीहरुले बुझाए जिल्ला प्रशासन कार्यालयलाई पत्र

रात्रिकालीन व्यवसायीहरुले बुझाए जिल्ला प्रशासन कार्यालयलाई पत्र
अ अ+ अ-

काठमाडौँ । कोरोना महामारीका वेला सबैभन्दा प्रभावित बनेको काठमाडौंको मनोरञ्जन तथा रात्रिकालीन व्यवसाय चलाउने वा बन्द गरिराख्ने सरकारले अझै सोच्न नसक्दा व्यवसायीहरु मारमा परेका छन् । सरकारले खोल्ने अनुमति नदिएपछि सबै होटेल, दोहोरीसाँझ र मनोरञ्जन क्षेत्र बन्द छन् । 

लामो समय बन्द रहेको क्षेत्रलाई सरकारले अझै पनि खोल्ने अनुमति नदिएपछि मंगलबार दोहोरी साँझ तथा काठमाडौंमा रात्रिकालीन व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय पुगेर पत्र बुझाएका छन् । सरकारले अन्य व्यवसाय र क्षेत्रलाई चलायमान बनाइरहेको छ । सबैजसो पेसा, व्यवसाय र कार्यालय सञ्चालन भइरहेका छन् । तर, रात्रिकालीन व्यवसायी र तीनमा काम गर्ने व्यवसायीको मर्का नुझेको रात्रिकालीन व्यवसायीहरूको गनासो रहेको छ । दोहोरी साँझ र रात्रिकालीन व्यवसाय सञ्चालन समितिले पनि होटेल तथा रात्रिकालीन व्यवसाय खोल्न अनुमति दिन पटकपटक अनुरोध गर्दा पनि जिल्ला प्रशासन कार्यलयले नसुनेको व्यवसायीहरुको भनाई छ ।  

होटेल व्यवसाय, दोहोरी साझँ, क्लब र काठमाडौंका रात्रिकालीन व्यवसाय राम्ररी नखोलेको डेढ वर्ष भयो । चर्को भाडा तिरेर खोलिएका यी व्यवसायहरू अहिले ऋणमा डुबेका छन् । कोरोना महामारीका वेला भाडासमेत तिर्न नसकेर व्यवसायीहरू छट्पटाइरहेका छन् । तर, यी क्षेत्र कहिलेदेखि सञ्चालन हुने पत्तो भने छैन । लकडाउनको निशाना बनिरहेका यी व्यवसायहरू भने नराम्ररी धरापमा परेका छन् । गुनासो लिएर जिल्ला प्रशासन कार्यालय पुगेका व्यवसायीहरुलाई छिटो भन्दा छिटो केहि निष्कर्ष निकाल्ने प्रतिवद्धता जिल्ला प्रशासन कार्यालयको रहेको छ । 

यी क्षेत्रमा कार्यरत कलाकार, मजदुरको रोजगारीसमेत गुमेको भन्दै सरकारले यसबारेमा नसोचेको उनीहरूको गुनासो छ । सबै क्षेत्रलाई सरकारले खुकुलो गर्दै लगे पनि मनोरञ्जन क्षेत्रलाई बेवास्ता गरेको भन्दै उनीहरूले पत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।