२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन

धमाधाम क्रियाशील सदस्यता नामावली प्रकाशन गर्दै कांग्रेस

धमाधाम क्रियाशील सदस्यता नामावली प्रकाशन गर्दै कांग्रेस
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप तीन जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, २०७८ को दफा १ (ख) बमोजिम आज सुनसरी, मकवानपुर र बागलुङको क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो । क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।

यसअघि कांग्रेसले यही भदौ १० गते ३८ जिल्ला, ११ गते १० जिल्ला र १२ गते पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो । अब बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता नामावली भदौ १८ गते निर्धारित वडा अधिवेशन अघि नै प्रकाशित भइसक्ने पार्टी कार्यालयले जनाएको छ ।

नवीकरण र नयाँ गरी करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ ।

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/गरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।     

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।