२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन

स्थानीयका जायज माग सम्बोधन गर्दै भोलिबाट काठमाडौँको फोहोर उठाउने निर्णय

स्थानीयका जायज माग सम्बोधन गर्दै भोलिबाट काठमाडौँको फोहोर उठाउने निर्णय
अ अ+ अ-

काठमाडौँ । भोलिदेखि काठमाडौँको फोहोर संकलन कार्य नियमित हुने भएको छ । भोलि विहान ६ बजेदेखि काठमाडौँ महानगरसहित उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर संकलन हुने भएको हो । आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलगायत अधिकारीकोे बैठकले यस्तो निर्णय गरेको हो । 

सडक भत्किनु प्राविधिक कारणले साइटमा फोहोर लैजान कठिनाइ भइरहेको थियो । यही अवस्थामा ककनी गाउँपालिका वडा १ की एकजना ७० बर्षिया वृद्धाको भदौ ६ गते मृत्यु भयो । उनको मृत्यु हैजाको कारण भएको जनाउँदै स्थानीयले भदौ १० गतेदेखि साइटमा फोहोर लैजान अवरोध गर्दै आएका छन् । 

हैजाको एकिन गर्न महानगरबाट सम्भावित क्षेत्रका ५ जना व्यक्तिको दिशा र ४ वटा परिवारले पिउने गरेको पानीको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराइसकेको छ । प्रयोगशालाबाट प्राप्त रिपोर्टले त्यस क्षेत्रमा हैजाका जीवाणु नभेटिएको देखाएको छ । 

‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ ।’ महानगरपालिकाका प्रमुख शाक्यले भन्नुभयो, ‘स्थानीय समस्या समाधान गर्ने काम निरन्तर हुनेछ । हामीले समाधान गर्न नसक्ने समस्या भए सम्वन्धित निकायसँग समाधानका लागि पहल गर्छौैँ । तर, लामो समयसम्म फोहोर रोकेर समस्या बढाउने काम हुँदैन । स्थानीय जीवन र वातावरणलाई असर नपार्ने गरी भोलिदेखि फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको काम नियमित हुनेछ । हामीले यस अघि पनि स्थानीयले उठाएका जायज माग पूरा गरेका छौँ । अहिले पनि जायज माग पूरा गराउन प्रतिवद्ध छौँ । यसका लागि सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा गरेका छौँ ।’ 

‘सिसडोलमा फोहोर व्यवस्थापनकोे काम ०६२ सालदेखि हुँदै आएको छ । ल्याण्डफिल साइटमा पूर्वाधार बनाउने जिम्मेवारी हामीसँग छैन । हामी फोहोर संकलन गर्छौँ । ढुवानी गर्छौँ । र सरकारले दिएको साइटमा लगेर अन्तिम व्यवस्थापन गर्छौँ ।’ शाक्यले भन्नुभयो, ‘सबैले आफ्ना—आफ्ना जिम्मेवारी पूरा गरे मात्र फोहोर व्यवस्थापन नियमित हुन्छ । यसका लागि स्थानीयबासी, व्यवस्थापनमा जिम्मेवार सम्बद्ध कार्यालयदेखि प्रधानमन्त्रीसम्म पनि हामीले अवस्थाका विषयमा जानकारी गराएर समन्वयको प्रयास गरिरहेका छौँ ।’

‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौति देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने भन्ने भएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौँबीच समन्वय गरेर सुरक्षाको प्रवन्ध मिलाउेन र तत्काल फोहोर व्यवस्थापन गर्ने भन्ने भएको छ ।’ 

बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले, फोहोर व्यवस्थापन कार्य अत्यावश्यक सेवा भएकोले अवरोध नहुने विश्वाश व्यक्त गर्नुभयो । यसमा सुरक्षा चुनौती भयो भने गृह प्रशासनले समन्वय गरेर सुरक्षा व्यवस्था मिलाउँछ । अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्नुपर्ने हुन सक्छ । स्थानीय विषयलाई समन्वय र सम्बोधन गर्ने काम काठमाडौँ महानगरले गरिरहेको छ । समस्याको समाधान छलफलबाटै हुने भएकोले बल प्रयोग गर्नुपर्ने अवस्था आउन नदिन सबै सजग हुनुपर्छ । समन्वय गर्दा वा सम्झाइ–बुझाई गर्दा पनि भएन भने बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्नै पर्ने हुन्छ ।’

बैठकले गरेका अन्य निर्णयहरुमा साइटमा पुग्ने सडक बनाउन महानगर र सडक विभागले सहकार्य गर्ने, गृह प्रशासनले शान्ति सुरक्षाको प्रबन्ध मिलाउनेलगायत छन् । 

साझा काममा साझा धारणा निर्माण गर्नुपर्छ । सम्भावित मतभेद रोक्नु पर्छ । काठमाडौँका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले शान्ति सुरक्षा कायम गर्दै फोहोर व्यवस्थापनमा काम गर्न प्रहरी सँगसँगै हुने बताउनुभयो । ‘स्थानीय व्यक्तिका समस्या छन् भने त्यसको सुनुवाई गर्ने प्रयास गर्नुपर्छ ।’ सिंहले भन्नुभयो, ‘त्यति गर्दा पनि अवरोध कायम भए कारवाहीको दायरा बढाएर भए पनि फोहोर व्यवस्थापन गर्नुपर्छ ।’ 

बैठकमा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले, फोहोर व्यवस्थापनका लागि विभागले उदार भएर स्रोत, क्षमता र उपकरण परिचालन गर्ने बताउनुभयो । ‘काठमाडौँ महानगर र विभागमा भएका इञ्जिनियरहरुको साझा प्रयासमा विग्रिएको सडक मर्मत गरौँ । दिनदिनै आउन सक्ने खतरा व्यवस्थापन गर्ने संयन्त्र बनाऔँ । यसका लागि विभाग तत्पर छ ।’ थापाको भनाइ थियो ।
 
छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सडक विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर कैलाशकुमार श्रेष्ठ, सडक डिभिजन काठमाडौँका प्रमुख कुवेर नेपालीसहित वातावरण व्यवस्थापन विभागका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

फोहोर व्यवस्थापनका विषयमा हिजो महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सहजीकरणका लागि अनुरोध गर्नुभएको थियो ।