२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र चीनका परराष्ट्रमन्त्रीको भेट क्वारेन्टाईनमा !



फाईल फोटो
अ+ अ-

काठमाडौँ । चीनको भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीलाई क्वारेन्टाइनमा भेट्ने भएका छन् । यही साउन २४ देखि २६ गतेसम्म चीनको भ्रमण गर्दै छन् । मन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग चीनको छिङदाओमा साउन २५ गते भेटगर्ने कार्यक्रम रहेको छ ।

वाङ यी मंगोलियमा र बंगलादेशको भ्रमणपछि सात दिने क्वारेन्टाईन बस्न छिङदाओमा पुग्नेछन् । सो क्वारेन्टाइन स्थलमै उनीहरुबीच भेटवार्ता हुन लागेको हो । भेटमा सहभागी हुन बेईजिङ्गबाट छिङदाओमा जान लागेका चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ पनि भेटवार्ता पछि फर्केर क्वारेन्टाईनमा बस्नु पर्ने भएको छ ।

सोही स्थानमै स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा खड्काको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यहरु साउन २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।