• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

सशांकलाई युवानेता सापकोटाको आग्रह– नवलपुरबाट विदा लिनुस्



गैँडाकोट । नेपाली काँग्रेसका युवा नेता तथा महासमिति सदस्य गणेश सापकोटाले नेपाली काँग्रेसका नेता डा सशांक कोइरालालाई नवलपुरबाट विदा लिन आग्रह गरेका छन् ।

डा. कोइराला नवलपुरको क्षेत्र नं १ बाट सांसद रही आएका छन् । युवा नेता सापकोटाले डा कोइरालालाई नवलपुरबाट विदा लिन आग्रह गरेका हुन् । उनले भने– अब देश विकासको जिम्मेवारी युवाहरुको काँधमा आएको छ, यहाँ पनि हामी एकसे एक तयार छौँ, तपाइँ अब हाम्रो अभिभावक भएर बस्ने हो, चुनावामा लत्रिने होइन ।

नवलपुर– १ बाट २०६४ सालदेखि लगातार चुनाव जितेर सासंद बनेका कोइरालाले यस क्षेत्रको विकासका लागि ठोस योगदान दिन सकेका छैनन् । त्यसैले डा कोइरालाको अघिल्लो चुनावदेखि नै आलोचना भइआएको छ । उनले जिल्लाको लागि जे गर्छु भनेर चुनाव जितेका थिए विगतका ती कुनै काम पनि गर्न सकेका छैनन् । उनी पार्टीको महामन्त्री भएका थिए । उनलाई नवलपुरबाट नेतृत्व हस्तान्तरण गर्न यसअघि पनि बारम्बार कुरा उठिरेहकामा आज कोइरालालाई युवा नेता सापकोटाले चेतावनी दिएका हुन् ।

नवलपरको गैँडाकोटमा नेविसंघ पालिका समन्वय समिति र शुसील कोइराला सोसलिष्ट युथ सर्कलले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा सहभागी डा. कोइरालालाई सोही मञ्चका बक्ता सापकोटाले अब पनि यही क्षेत्रबाट उमेदवार नबन र युवालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका हुन् ।