९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

केपी ओली १४ वर्ष जेल बसेको नेता हो, उनले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खाँदैनन्: डा. केसी

केपी ओली १४ वर्ष जेल बसेको नेता हो, उनले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खाँदैनन्: डा. केसी
अ अ+ अ-

काठमाडौं, २१ साउन । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानु भनेको सिद्धान्तहीन हुने बताएका छन् । पाँच दलीय गठबन्धनले एमाले र केपी ओलीलाई हराउनेमात्रै उद्देश्य राखेको उनको टिप्पणी थियो ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले अहिले केपी ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समाप्त गर्न खोजेको भनेर अनावश्यक हल्ला चलाईएको गुनासो पोखे । उनले निर्वाचन घोषणा भएको भन्दै खुशी व्यक्त गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा बोल्दै उनले भने,‘चुनाव समयमै हुन्छ कि हुँदैन भन्ने आशंका थियो । माओवादीका कतिपय नेताहरुले चुनाव फागुनमा गर्नेजस्तो कुरा गरेका थिए । चुनावबारे एकखालको अन्यौल थियो । प्रचण्डले मंसिर ४ गते नै चुनाव हुन्छ भनेर भनेका थिए । नेपालका नेताहरु भरलाग्दा छैनन् । खेलखाल, जेलझाल गर्छन कि भन्ने थियो । तर, चुनावको मिति घोषणा भयो ।’

उनले यो बीचमा गठबन्धनवालाहरुले एमाले अध्यक्ष ओलीले गणतन्त्रका उपलब्ध सिध्याउँछन् र उनको राजासँग साँठगाँठ छ भनेको पनि स्मरण गराए । उनले भने,‘अहिले गणतन्त्र छ, संघीयता छ, धर्मनिरपेक्षता छ, समावेशी–समानुपातिक एजेण्डा, यी जम्मै केपी ओलीले खान्छन् भन्ने खालको भाष्य जोडिएको थियो । तर, म भन्छु की प्रतिगमन भन्ने बस्तु शेरबहादुर देउवाले गरेको हो । देउवाले संसद् विघटनको लागि राजा ज्ञानेन्द्रकोमा विन्ती गरेका थिए । अदालतले पनि हाउस विघटन गर्न भनेको थियो । त्यो बेला संवैधानिक व्यवस्था धरापमा पार्ने काम भएको थियो ।’

उनले अहिलेको राजनीतिको प्राप्तिको अवराध भनेको नै ओली हो र उसलाई ठेगान नलगाउँदा पाँच दलीय गठबन्धन बनाउनैपर्छ भनेर गठबन्धनका नेताहरु लागेको सुनाए । उनले भने,‘अहिले गठबन्धनका नेताहरुले एमालेलाई पूर्णतः किनारा लगाउनुपर्छ भन्ने परिवेश निर्माण गरेको हो । गठबन्धन गर्नको लागि उनीहरु दृढसंकल्प थिए । यसमा आश्चर्य छैन् ।’ उनले समयमै निर्वाचनमा जालान भन्नेमा आफूहरु अपेक्षित रहेको सुनाए ।

न्यायपालिका, व्यवस्थापिक र कार्यपालिका शक्ति सन्तुलनको लागि आधारमा गठन भएको स्मरण गराउँदै उनले भने,‘अहिले त देशको सर्वोच्च अदालतको प्रधान्यायाधीशलाई फालेर अर्को मान्छे लिएर मनपर्दी गदै हिँड्ने काम भएको छ । गठबन्धन अपरिहार्य छ । यो गणतन्त्र, संघीयताको लागि केपी ओली १४ वर्ष जेल बसेका हुन् । झापामा टाउका काटे भन्ने इत्यादी कुरा पनि सुनेका छौं । ओलीले यी तीन वटा कुरा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खाँदैनन् भन्ने मलाई लाग्छ । हामी त गुण र दोषको आधारमा बोल्छौं ।’

उनले अहिलेपनि देशमा समस्या यथावत रहेको सुनाए । उनले भने,‘करको दायरा हेरफेरको विषयमा के भएको थियो त ? सत्यमा हामी उभिनुपर्छ । तथ्यमा उभिनुपर्छ ।’ केसीले संघीयता कार्यान्वयन प्रक्रियामा पनि समस्या रहेको सुनाए । उनले भने,‘केन्द्र, प्रदेश र स्थानीय तहको कुरा छ, एउटा प्रदेशमा त भ्रमण र बैठकमात्रै ९४ करोड खर्च भएछ । हाम्रो देशमा भिआर्यपीको संख्यामात्रै ४८ सय छ । संसारका भिआईपी एकातिर र नेपालका भिआईपी एकतारित राख्दा नेपालका धेरै छन् । अब नेपालको विकास हुन एक हजार वर्ष लाग्नेछ । यो विषय चुनावको एजेण्डा बनाउने कि नबनाउने ? यो कुरा अहिले मुख्य प्रश्न बनेको छ ।’

उनले अहिले घर र घरको पनि झ्यालैपिच्छे मन्त्री रहेको सुनाए । उनले भने,‘जसलाई पायो त्यसैलाई मन्त्री बनाउने काम भएको छ, अहिले त घरैपच्छिै मन्त्री छन्, झ्यालैपछि मन्त्री ।’ उनले राजनीतकि लोकतन्त्रको ग्यारेन्टी हुन्छ भने धार्मिक लोकतन्त्रको ग्यारेन्टी हुनुपर्छ कि पर्दैन् भन्ने प्रश्न गरे ? उनले अबको निर्वाचनमा सही उम्मेद्धवार चयन हुनुपर्नेमा जोड दिए ।

उनले एमाले अध्यक्ष ओलीले पनि मुलुकमा अब दुई दल भए राम्रो हुन्छ भनिसकेको उल्लेख गरे । उनले भने,‘मैले देख्दा पनि दुई दलीय प्रणाली नराम्रो होईन ।’ उनले सर्वोच्च अदालतको परमादेश ठिक हो भन्नु गलत भएको पनि टिप्पणी गरे । उनले भने,‘त्यो परमादेश सही थियो त ? केपी ओली निरंकुश र स्वेच्छाचारी थिए ।

उनले हाउस विघटन गर्नु दुई वटा गल्ती थियो । एउटा–संविधान विपरित, अर्को भनेको अदालतको अवज्ञा । त्यही दुईवटै विषय बनाएर ओलीलाई मानहानीको मुद्दामा केन्द्रीय कारागारमा कोचिदिएको भए, केपी ओली नामको कर्ता हामीले सदाकाल बोकिरहनुपर्ने थिएन नि । अब त अर्को दश वर्षसम्म, केपी ओलीको कहर हामीले बोकिरहनुपर्ने भयो । म केपी ओलीको हनुमान होईन, परमादेश ठीक हो भन्नेहरु हो भन्ने मेरो बुझाई हो । दुनियाँको कुनैपनि देशमा न्यायालयले प्रधानमन्त्री बनाउने नै होईन । यी चीज पनि अबको निर्वाचनमा विषयवस्तु बन्नुपर्छ ।’