२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीका सामाजिक विकास मन्त्री शर्माले दिए राजीनामा



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका समाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन्। बुधबार बिहान मन्त्री खनालले पदबाट राजीनामा दिएका हुन् । 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर मन्त्री पदबाट राजीनामा दिए दिएको शर्माले बताए।

'हिजो अष्ट कमरेडलाई मुख्यमन्त्री बनाउनु पर्छ भनेर म लागेकै हो। तर अहिले हाम्रो दल र विचारधारा फरक भएकाले उहाँको मन्त्रिमण्डलमा बसिरहन सकिनँ,’ शर्माले भने।  

शर्मा माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) मा उनी केन्द्रीय सदस्य छन्। शाक्य मुख्यमन्त्री बनेलगत्तै शर्मालाई मन्त्री नियुक्त गरेकी थिइन्। 

मंगलबार बागमती प्रदेशका १२ जना एमाले सांसदले पार्टी परित्याग गरी एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए। १२ जना सांसदले नयाँ दल रोजेसँगै नेकपा एमालेको एकल बहुमतमा मुख्यमन्त्री बनेकी शाक्य अल्पमतमा परेकी छन्।