काठमाडौं । द्वन्द्वकालीन समयमा काभ्रेका अर्जुन लामाको हत्यामा संग्लन भएको भन्दै तत्कालीन नेकपा माओबादीका नेता तथा हाल सभामुख अग्निप्रसाद सापकोटा बिरुद्ध २०६८ सालमा दायर भएको मुद्दाको सर्बोच्च अदालतको सबैधानिक ईजलासमा आज पनि सुनुवाई नहुने भएको छ ।
पटक पटक पेसीमा रहेर पनि बिभिन्न कारण देखाउदै हेर्न नभ्याईएको मुद्दाको आज फेरी सुनुवाई हुन लागेपनि न्यायधीस हरिकृष्ण कार्की कानूनव्यवसायी रहेको अबस्थामा सापकोटाको बिपक्षमा बहस गरेको कारण मुद्दा हेर्न नमिल्ने भएको हो । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र रहनु भएको सबैधानिक ईजलासमा सुनुवाई हुने पेशीमा रहेको थियो ।
२०६९ मंसिर ७ आफ्ना श्रीमानको सापकोटाले हत्या गरेको भन्दै लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी शुशिल प्याकुरेल, कपिल श्रेष्ठ, कणकमणि दीक्षित, चरण प्रसाईं लगायतका व्यक्तिहरुले २०६८ असार ६ गते सापकोटा बिरुद्द मुद्दा दर्ता गरेका थिए ।