• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

एकैदिन ९१२ जनामा कोरोना संक्रमण



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार छ हजार ४९१ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ९४१ पीसीआर परीक्षणमा ५२९ र तीन हजार५५० एन्टिजेन परीक्षणमा ३८३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३७० रहेको छ भने यसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाले ज्यान गुमाएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको छ ।