२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘न्यायको पहुँचमा दलित ?’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । न्यायको पहुँचमा दलित ?’ नामक पुस्तक सार्वजनिक गरिएको छ । जागरण मिडिया सेन्टर (जेएमसी) ले प्रकाशन गरेको सो पुस्तक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले आज आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभएको हो ।

अनुसन्धानमा आधारित उक्त पुस्तकमा दलित समुदायको मानवअधिकार उल्लङ्घन र न्यायका लागि सङ्घर्षमा आधारित छ सभापति पोखरेलले संवैधानिक र कानुनी रुपमा सुनिश्चित् अधिकार व्यवहारिक रुपमै कार्यान्वयन गर्दै थप अधिकार प्राप्त गर्न दलित समुदायले एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय संसद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति सभापति निरादेवी जैरुले नीति निर्माण तहमा दलित समुदायको समान सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय दलित आयोयका अध्यक्ष देवराज विश्वकर्माले “जातीय हिंसा तथा उत्पीडन मानवता विरुद्धको अपराध हो” भन्नुभयो ।

देशभरका १२ वटा घटनालाई समावेश गरिएको सो पुस्तकमा दलित तथा सीमान्तकृत समुदायको मानवअधिकार उल्लङ्घनका घटना, घटनाको प्रकृति, न्यायको पहुँचको अवस्था, सङ्घर्ष र प्रक्रियासम्बन्धी विषयवस्तु समावेश गरिएको आयोजक संस्थाका अध्यक्ष कमला विश्वकर्माले जानकारी दिनुभयो ।

लेखक जेवी विश्वकर्माको सहयोगमा तयार गरिएको उक्त पुस्तकमा खासगरी अन्तरजातीय विवाहका घटना र पानी छोएको निहुँमा दलित समुदायमाथि भएको हत्या र कुटपीटलगायत घटना समोवश छ । सो पुस्तक भीमबहादुर विक, विरु नेपाली र कृष्ण दर्नाले सम्पादन गर्नुभएको हो।

जेएमसी सन् २००० मा दलित समुदायका सक्रिय युवा सञ्चारकर्मीको पालामा स्थापना गरिएको गैरसरकारी संस्था हो । सो संस्थाले दलित अधिकार सुनिश्चितताका लागि समानता, मानवअधिकार, लोकतन्त्र, समावेशीकरण, सामाजिक तथा वातावरणीय न्याय, दिगो विकास र व्यवस्थापनका लागि सञ्चारमार्फत वकालत गर्दै आइरहेको छ ।